Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोरोना संक्रमणबाट भारतमा एकै दिन १० जनाले ज्यान गुमाए

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  •  

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ४५ पुगेको छ।

    भारतमा बुधबार मात्रै १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्।

    यस्तै भारतमा हालसम्म कोरोना भाइरसबाट १५ सय ९० जना संक्रमित भएको पुष्टि भएको छ।

    भारतले संक्रमण फैलन नदिन लकडाउन गरे पनि पर्याप्त उल्लंघन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    चीनको हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वव्यापी बनेको छ।

    बुधबार दिउँसोसम्म संसारभर ४२ हजारभन्दा बढीको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ६० हजारभन्दा बढी संक्रमित बनेका छन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij