कोरोनाले अमेरिका थप समस्यामा : २ दिनमा ४४ हजार संक्रमित, १३ सयको मृत्यु
बर्दिया टुडे
चैत्र १९, २०७६ बुधवार
०१:५९:२३ मा प्रकाशित
2.2K
SHARES
2.2K
SHARES
अमेरिकामा कोरोनाको फैलावट र मृत्युदर प्रत्येक दिन बढ्दो छ । पछिल्लो दुई दिन (हिजो र आज) मात्रै अमेरिकामा करिब ४४ हजार नयाँ संक्रमित देखिएका छन् ।
अघिल्लो दिन २० हजार ९ सय ९७ जना नयाँ संक्रमित अमेरिकामा मात्रै देखिएकोमा पछिल्लो दिन २३ हजार ५ सय ५२ जना नयाँ संकरमित थपिएका छन् । अघिल्लो दिन ५५८ जनाको मृत्यु भएकोमा पछिल्लो दिन ७ सय १९ जना थपिएका छन् ।
अहिलेसम्म संक्रमित भएको संख्याको हिसावमा २१ प्रतिशत अमेरिकामा देखिएका छन् । अमेरिका र यूरोपमा अत्याधिक रुपमा नयाँ संक्रमित र मृत्युदर बढेको छ ।
८ लाख ५६ हजार ९ सय १० जना संक्रमित हुँदा ४२ हजार १०७ जनाको मृत्यु भएको छ । पछिल्लो १ दिनमा ७२ हजार १७२ जना नयाँ संक्रमित हुदा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ ।
कोरोनाको संक्रमण छिमेकीदेश भारतमा पनि बढेर १ हजार ३ सय ९७ पुगेको छ ।अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ । शिलापत्र बाट