बाँकेमा सडक दुर्घटना : बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमीको बटालाकाे मृत्यु
बर्दिया टुडे
चैत्र १८, २०७६ मंगलवार
१०:५४:४७ मा प्रकाशित
3.8K
SHARES
3.8K
SHARES
बाँकेकाे बैजनाथ गाँउपालिका स्थित बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत शोभा बटालाकाे सडक दुर्घटनामा मृत्यु भएकाे छ ।
बाँकेको कोहलपुर नगरपालिका, ११ दशविगाह नजिक एम्बुलेन्स र मोटरसाइकल दुर्घटना हुँदा कालिकोट सान्नि त्रिवेणी गाउँपालिका ९ घर भएकी २८ वर्षिया बटालाकाे मृत्यु भएको हाे।
दुर्घटनामा मोटरसाइकल चालक ५२ वर्षिय दण्डविक्रम विष्ट गम्भिर घाइते भएका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र दक्षिणबाट उत्तरतर्फ भइरहेको से ५ प ४८४ नम्बरको मोटरसाइकल ठोक्किदा उक्त दुर्घटना भएको कोहलपुर प्रहरीले जनाएको छ । उनी ड्युटीमा आउँदै गर्दा दुर्घटनामा परेकी हुन् ।
मोटरसाइकल चालक विष्टको उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
सामान्य घाइते भएका एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका ६ बर्दियाका राम बहादुर थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।