Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार चौधरी निलम्बित

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  •  

    सप्तरीको बलान बिहुल गाउँपालका-३ मौवाहाका २६ वर्षीय हरेकृष्ण साह र २४ वर्षीय चन्द्र यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार मनोज चौधरी कारबाहीमा परेका छन्।

    नेपाल-भारत सीमा नाका बन्द र लकडाउनको समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका साह र यादवलाई निर्ममतापूर्वक कुटपिट

    गर्ने सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार चौधरी निलम्बनमा परेका हुन् ।

    भारत बिहारको लौकहा बजारबाट दैनिक उपभोग्य सामाग्री किनेर घर फर्किरहेका उनीहरुलाई आइतबार सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दशगजा क्षेत्रमा नियन्त्रणमा लिई चौधरीले निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

    सशस्त्र प्रहरी हवल्दार चौधरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडिओमा कुटेर लाठी भाँचेको, लाठी भाँचिएपछि अर्को लाठी लिएर पुनः कुटपिट गरेको, घोप्टो पारेर कुटेको, कुहिना र घुँडा टेक्न लगाएर हिंडाएको देखिन्छ।

    आदेशविपरित सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले बताए । भारतबाट अवैध रुपमा निरन्तर समान ओसारपसार गर्नेहरुलाई पटक-पटक सम्झाउँदा पनि नेपाल-भारत सीमानाका बन्द र लकडाउनको उपेक्षा गर्दै आएकाले दशगजा क्षेत्रमा नियन्त्रणमा लिई सम्झाउन खोज्दा गालीगलौज गरेकाले कुटपिट गरेको दाबी आरोपित चौधरीले गरेका छन् ।

    लकडाउन उल्लंघन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानविन सुरु गरेको जनाएको छ ।

     


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij