Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अख्तियारलाई विश्वप्रकाशको पत्र : सङ्कटका नाममा भ्रष्टाचारले उन्मुक्ति नपाओस्

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटका नाममा भ्रष्टाचारलाई उन्मुक्त दिन नहुन बताएका छन् । उनले अहोरात्र जारी मेहनतलाई प्रत्साहिन गर्ने तर संकटका गरिएको भ्रष्टाचारलाई उन्मुक्ति दिन नहुने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र लेखेका हुन् ।

    सामाजिक संजाल ट्विटरमार्फत अख्तियारलाई स्मृति पत्र लेख्दै संकटका बेला सबै दल र नागिकरले साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारलाई ध्यानाकर्षण गराएका हुन् ।

    विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि सरकारले चीनबाट ल्याउको सामानमा व्यापक अनियमिता भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

    चीनबाट ल्याइएको स्वास्थ्य सामग्रीमध्ये चिनियाँ दूतावास र ज्याक मा पाउन्डेसनले उपलब्ध गराएको सामग्री र सरकारले खरिद गरेको सामग्रीको मूल्यमा ठूलो अन्तर देखिएपछि सरकारले संकटमा भ्रष्टाचार गरिरहेको भन्दै आलोचना भएको हो ।

     

    सरकारले भने सबै सामान कानुनबम्बोजिम खरिद गरिएको र अभावका बेला खरिद गर्दा मंहँगो परेको भन्दै बचाउ गरेको छ । यही विषयलाई लिएर प्रवक्ता शर्माले अख्तिायरलाई ध्यानाकर्षण गरेका हुन् ।

    'संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दाहित्व साथ दिइरहँदा अनियमिता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण । अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौँ तर संकटका नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्' उनले अख्तियारलाई लेखेको स्मृति पत्रमा भनिएको छ ।    शिलापत्र बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij