Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कांग्रेसका सांसदले १५ दिनको पारिश्रमिक दिने

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    नेपाली कांग्रेसका सांसदहरूले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा १५ दिनको पारिश्रमिक जम्मा गर्ने भएका छन् ।


    ADVERTISEMENT

    images

    कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी दिएको हो ।

    कांग्रेस संसदीय दलले लक डाउनको पालना गर्न सर्वसाधारण सबैमा अनुरोध पनि गरेको छ । कांग्रेस संददीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्तिमा कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमण फैलन नदिन सरकारले एक साताका लागि देशभर गरेको लक डाउनको निर्णय सकारात्मक रहेको बताएका छन् ।

    कांग्रेसले लक डाउनको समयमा दैनिक श्रम गरी जीवन चलाउनेहरूको जीवनयापन सहज बनाउन श्रमिकहरूलाई सहजरूपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल सकारसँग आग्रह गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij