Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

हान्ता भाइरसबाट चीनमा एकजनाको मृत्यु, के हो हान्ता भाइरस ?

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  • चीनको वुहानबाट सुरु भएको नोभेल करोना भाइरसले विश्वलाई आतंकित बनाइरहेका बेला चीनमा फेरि अर्को भाइरस देखिएको छ । 

    चीनको युनान प्रान्तमा हान्ता भाइरसबाट एकजनाको मृत्यु भएको छ । चिनियाँ सञ्‍चामाध्यम ग्लोबल टाइम्सले युनान प्रान्तमा एकजनाको हान्ता भाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ । 


    ADVERTISEMENT

    images

    सेन्दोङ प्रान्तबाट सोमबार फर्किएका उनको मंगलबार मृत्यु भएको जनाइएको छ । उनीसँगै उक्त बसमा अन्य ३२ जना पनि सवार रहेको बताइएको छ । 

    के हो हान्ता भाइरस ? 

    चीनको रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार हान्ता भाइरस पनि भाइरस परिवारकै एक हो । जुन मुसा प्रजातिबाट फैलिने र यसले मानिसमा विभिन्‍न संक्रमण गराउँछ  । यसको संक्रमणबाट हान्ता भाइरस पल्मोनरी (फोक्सोसम्बन्धी) सिन्ड्रोम (एचपीएस) र हइमोरहाजिक फिभरसँगै रेनल (मिर्गौलासम्बन्धी) सिन्ड्रोम (एचएफआरएस) गराउँछ । 

    यो भाइरसको संक्रमण हावाबाट हुँदैन । कुनै संक्रमित व्यक्तिको पिसाब, दिशा अथवा खकार छोएमा अथवा मुसा प्रजातिको टोकाइबाट हान्ता भाइरसको संक्रमण हुन्छ । 

    लक्षण 

    हान्ता भाइरसको एचपीएस संक्रमण भएमा सुरुमा थकान महसुस हुने, ज्वरो आउने र मांशपेसी दुख्‍ने हुन्छ । यससँगै टाउको दुख्‍ने, चिडचिडाहट हुने, चिसो हुने र पेटसम्बन्धी समस्या देखिन्छ । 

    यी लक्षण देखिँदा पनि उपचार नगराएमा खोकी लाग्‍ने र श्वासप्रश्वासमा समस्या हुनुका साथै मृत्युसम्म हुन्छ । चिनियाँ रोक नियन्त्रण तथा उपचार केन्द्रका अनुसार मृत्युको जोखिम ३८ प्रतिशत हुने बताइएको छ । 

    त्यसैगरी एचएफआरएस पनि समान लक्षण देखिन्छन् । समयमा उपचार नभएमा कम रक्तचाप हुने, गम्भीर घात हुने, नसा फुट्‍ने र मिर्गौलाले काम गर्न छोड्‍ने हुन्छ । 

    एचपीएस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने एचएफआरएस पनि विरलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । सीडीसीका अनुसार मुसा प्रजातिको नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्‍ने प्राथमिक उपाय हो । - फस्टपोस्ट डटकम

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij