Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

भारतीय नागरिक भएको प्रमाणित गर्न कांग्रेस नेता कँडेलको चुनौती

'भारतीय भूमिमा एक इञ्च पनि जमिन भए जुनसुकै कारवाही भोग्न तयार छु'
  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले आफ्नो नाममा भारतीय भूमिमा एक इञ्च पनि जमिन भए जुनसुकै कारवाही भोग्न तयार रहेको बताउनु भएकाे छ । 

    आफूमाथि सञ्चार माध्यमले भारतीय नागरिक भएको आरोप लगाएपछि बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेता कँडेलले आफू भारतीय नागरिक भएको पुष्टि गर्नसमेत चुनौती समेत दिनुभएकाे छ । 


    ADVERTISEMENT

    images

    उहाँले नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी हजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको पनि दाबी गर्नुभएकाे छ। “मेरो नाममा भारतीय नागरिकता त के, मेरो नाममा भारतमा एक इञ्च पनि जमिन भएको पुष्टि गरेर देखाउन चुनौती दिन चाहन्छु,” कांग्रेस नेता कँडेलले भने, “संस्था (विद्यालय) बाहेक भोट हालेको सावित गरे दण्ड सजाय भोग्न तयार छु । तर, झुटो आरोप लगाएर मान प्रतिष्ठामा आँच पुर्‍याउँदा अत्यन्तै दुःख लागेको छ ।”

    उहाँले आफूले भारतीय सवारी चालक अनुमतिपत्र भने लिएको स्वीकार गर्नुभयाे । आफूले बाल्यकालदेखि स्नातक तहसम्म भारतमा अध्ययन गरेको र शैक्षिक प्रमाणपत्रका आधारमा सवारी चालक अनुमतिपत्र लिएको कँडेलको भनाइ थियो । भारतदेखि तेस्रो मुलुक जाने अधिकांश नेपालीले ति मुलुकको सवारी चालक अनुमति पत्र लिने गरेको स्मरण गराउँदै उहाँले सवारी चालक अनुमति पत्र लिँदैमा कोही पनि अन्य मुलुको नागरिक नहुने दाबी गर्नुभयाे । 

    कँडेलले आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको जानकारी दिनुभयाे । सन् १९५० को सम्झौताका आधारमा नेपालीले पनि भारतमा सामाजिक संघसंस्था सञ्चालन गर्न पाउने भएकाले आफू आफ्नो हजुरआमाले खोलेको क्याम्पस (तत्कालीन विद्यालय) को अध्यक्ष भएको प्रष्ट्याउनु भयाे । 

    उहाँले आफूलाई अपहरणकारी भएको दाबी गर्ने सञ्चार माध्यमविरुद्ध कानुनी उपचारमा जाने पनि बताउनुभयाे । एक महिना अगाडिमात्रै आफू भारतीय र नेपाली सुरक्षा अधिकारीको संयुक्त बैठकमा सहभागी भएको तस्बिर देखाउँदै उहाँले भन्नुभयाे, “म अपहरणकारी भएको भएँ के यसरी दुबै देशका सुरक्षा अधिकारी सहभागी भएको कार्यक्रममा उपस्थित हुने हिम्मत राख्थे ? ममाथि हुँदै नभएको आरोप लगाइएको छ । कानुनी उपचारमा जान्छु ।”

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij