Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कंचनपुरकी खड्काले चुमिन् ‘मिस फारवेष्ट २०१९ को उपाधी’

  • बर्दिया टुडे
  • 4.5K
    SHARES
  • धनगढी । कञ्चनपुरकी शितल खड्काले २०१९ को मिस फारवेष्टको उपाधी जितेकी छिन् । मिस फारवेष्ट नेपाल २०१८ की विजेता मोनिका गुरुङ्गले खड्कालाई ताज पहिराएकी थिईन् ।

    यो मिस फारवेस्ट नेपाल २०१९ प्रतियोगिताको दोश्रो संस्करणको उपाधी हो । जसमा खड्का प्रतियोगि नम्बर पाँच हुन् ।


    ADVERTISEMENT

    images

    बुधबार साँझ धनगढीको शुभश्री प्यालेसमा भएको फाईनल प्रतियोगितामा १७ जना प्रतिस्पर्धिहरुलाई उछिन्दै खड्काले उपाधी चुमेकी हुन् । उपाधी संगै खड्काले दुई लाख बरावरको स्कुटर प्राप्त गरेकि छिन् ।

    त्यस्तै फस्र्ट रनर अपको उपाधी डडेल्धुराकी कोहिनुर मल्लले जितिन् । उनले ५० हजार नगद प्राप्त गरिन भने सेकेण्ड रनरअपमा कैलालीकी स्मारिका बम छनौट भएकी छिन् । उनले २५ हजार रुपैया प्राप्त गरिन् ।

    रोयल कोराबोरेटिम्भ प्राली धनगढीले आयोजना गरेको मिस फारवेष्ट नेपाल २०१९ को मुख्य निर्णायकमा हिडेन ट्रेजरका सिईओ गोपाललाल सुन्दर कक्षपति रहेका थिए भने अन्य निर्णायकहरुमा मिस नेपाल २०१३ की इसानी श्रेष्ठ, नायिका याना शर्मा र फिल्म निर्माता सरोज न्यौपाने रहेका थिए ।

    रोयल कोराबोरेटिम्भ प्राली का अध्यक्ष गजेन्द्र विक्रम शाहीका अनुसार सुदूरपश्चिममा २०१८ बाट मिस फारवेष्ट नेपालको आयोजना हुँदै आएको छ । उनले स्थानीय प्रतिभाहरुलाई स्थान दिन र नेपाल भ्रमण वर्ष २०२०’ लाई समेत टेवा पुर्याउन यो प्रतियोगिता सहयोगी बन्ने बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij