Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कन्चनपुरमा भत्काईयो ३० छाउ गोठ

  • बर्दिया टुडे
  • 3.8K
    SHARES
  •  

    महिनावारी भएका बेला महिलाहरुलाई अलग्गै राख्न बनाइएका कन्चनपुरको पुनर्वास ९ मा ३० वटा टहरा छाउ गोठ नगर कार्यपालिका र प्रहरीको संयुक्त टोलीले आइतबार भत्काएको छ ।


    ADVERTISEMENT

    images

    सुदुर पश्चिममा रहेको सामाजिक परम्परा अनुसार महिनावारी भएको समयमा महिलाहरुलाई ५ देखि ७ दिन सम्म घर देखि अलि पर छुट्टै टहरो बनाएर राख्ने चलनलाई छाउ गोठ भन्ने गरिन्छ ।

    पानीको धारा ,पूजाकोठा , मन्दिर लगायतका स्थानहरुमा छुन नहुने भन्दै अलग्गै राख्ने चलन अनुसार पुनर्वास ९ स्थित बिचफाटामा अलग्गै बनाइएका छाउ गोठ भत्काईएका हुन् ।

    आईतबार पुनर्वास नगरपालिकाकी उपमेयर शारदा बिष्ट , वडा अध्यक्ष नारायण प्रसाद जैशी , कार्यपालिका सदस्यहरु , प्रहरी स्थानिय पत्रकारहरु सम्मिलित टोलीले महिनावारी भएका महिलाहरुलाई बस्न बनाईएका टहरा अर्थात छाउ गोठ भत्काइएको हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij