Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पार्टीको निर्णय सबैले मान्नुपर्छ : देउवा

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले गरेको निर्णय मान्दिन भन्न नमिल्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय समितिले गरेको निर्णय लागू हुने बताए ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारका बाबजुद कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र विभाग थप गर्ने निर्णय बहुमतको आधारमा गरेको थियो ।


    ADVERTISEMENT

    images

    तर पौडेल र सिटौला पक्षले उक्त निर्णय मान्य नहुने बताउँदै आएका छन् । जवाफमा देउवाले सहमतिको नाममा पार्टीलाई बन्धक बनाउन खोजिएको आरोप लगाए । ‘सहमति नजुटेपछि बहुमतीय प्रणालीबाट अन्तिम निर्णय गर्नुपर्छ’ उनले भने ।

    सभापति देउवाले पार्टीभित्र प्रजातान्त्रिक अभ्यासको प्रयोग गरेको पनि बताए । फरक प्रसंगमा देउवाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट पारित गर्नुको विकल्प नभएको बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij