सत्तारुढ दल नेकपाभित्र सभामुखको विषयमा सहमति जुट्न नसकेपछि भोलि पुस १६ का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुस २७ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख चयनको विषयमा मंगलबार करिब २ घन्टासम्म छलफल चले पनि टुंगोमा पुग्न नसकेपछि सूचना टाँस गरी ११ दिनका लागि संसद् बैठक स्थगित गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसदको पाँचौँ अधिवेशन ४ पुसमा आह्वान गरेकी थिइन् । सो दिन बैठक बसे पनि त्यसपछिको दास्रो बैठक सभामुखकै विषयलाई लिएर बस्न सकेको छैन ।
अबको बैठकको पहिलो एजेण्डा नै सभामुख चयनका विषयमा हुनुपर्ने तर सत्तारुढ दलले सभामुखको उम्मेदवार टुंगो नलगाएपछि २७ पुससम्मका लागि लागि बैठक स्थगित भएको हो ।
