Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सडक तताउन सरकारले नै बाटो खोलिदियो : बाबुराम भट्टराई

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  • समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्धा सुरुबाट नै उठाएको बताएका छन् । पार्टीले गरेको पत्रकार सम्मेलनमा डा.भट्टराईले आफु पूर्व माओवादीमा हुँदा देखि नै संविधान संशोधनको पक्षमा रहेको बताएका हुन् । पहिचानमा आधारित संघियता, शासकीय स्वरुप, नागरिकताको विषय, महिलाहरुको विभेदका विषयहरु पार्टी मुद्धा भएको उनले बताए ।

    ‘संशोधनका लागि सरकारमा भएको समयमा सडकमा गएर दबाव दिन नमिल्ने अवस्थामा संसद र छलफलबाट कुरा अगाडी बढाउनुपर्छ भन्ने थियो अब उहाँहरुले नै बाटो खोल्नुभएको छ । अब सडकमा जान्छौँ’, उनले भने ।


    ADVERTISEMENT

    images

    प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले संविधान संशोधन गर्नुपर्छ भनेर हस्ताक्षर गर्ने तर सरकारका प्रवक्ताले संविधानको प्रश्नलाई कसैको सपना पुरा हुँदैन भन्दै जानु उपयुक्त नभएको उनले बताए । ‘जसले जे सपना देख्छ पुरा हुँदैन भनेर सरकारको प्रवक्ताले भन्छ । संविधान संशोधन कसैको सपना हो ? संविधान संशोधन गर्नुपर्छ भनेर पार्टी अध्यक्षले हस्ताक्षर गर्ने अहिले संविधानको प्रश्न भनेको सपना हो भन्न मिल्छ’, उनले भने ।

    सरकार निरंकुशतातर्फ जाँदै गरेको आरोप पनि भट्टराईले लगाए । सरकारले ल्याएका केही मानव अधिकार विधेयक र सञ्चार विधेयक, व्यक्तिका नीजि गोपनियतालाई समेत उल्लंघन गर्ने गरि गुप्तचर परिचलन गरी अधिकार दिनुले पनि सरकार निरंकुशतातर्फ गएको उनले बताए । सरकारी सम्पत्ति र राजदरबारबाट खोसेको सम्पत्ति कौडीको मूल्यमा दिएर सरकारले राष्ट्रघात गरेके उनको आरोप छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij