Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दसैंअघि हिरासतमा परेका महराको तिहार पनि हिरासतमै बित्ने

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  • काठमाडौं,  संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरेपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । दसैंअघि हिरासतमा परेका उनको तिहार पनि हिरासतमै बित्ने भएको छ।


    ADVERTISEMENT

    images

    यसअघि महानगरीय अपराध महाशाखाले महरामाथिको अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थपको माग गरेको थियो । सोही मागबमोजिम काठमाडौं जिल्ला अदालतले म्याद थप गरेको हो ।

    असोज १९ गते पक्राउ परेका महरामाथि अनुसन्धान गर्न अदालतले यसअघि पहिलोपटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । १८ दिनमा पनि अनुसन्धान नसकिएपछि प्रहरीले पुनः म्याद थपको माग गरेको थियो । हरेकपल डटकम बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij