Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

काँग्रेसमा उत्पन्न आन्तरिक विवाद समाधानका लागि वार्ता टोलीबीच छलफल सुरु

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  •  

    नेपाली काँग्रेसमा उत्पन्न आन्तरिक विवाद समाधानका लागि वार्ता टोलीबीच छलफल सुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको वार्ता टोलीबीच छलफल सुरु भएको सिंहका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए । 
    लामिछानेका अनुसार देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट पूर्वमहामन्त्री सिंह, नेताद्वय दिलेन्द्र बडू र हृदयराम थानी छलफलमा सहभागी छन् । शुक्रबार बस्ने केन्द्रीय समिति बैठका एजेण्डामा सहमतिको जुटाउन वार्ता टोली छलफलमा जुटेको हो । मंसिर २६ गते बिहीबारबाट जारी केन्द्रीय समिति बैठकमा छलफलको एजेण्डाबारे देउवा र पौडेल पक्षबीच विवाद जारी छ । 
    पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, विभाग गठन, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको विषयमा सहमतिको प्रयासमा छन् । चार वटै विषयमा प्याकेजमा सहमतिको माग गर्दै पौडेल पक्षले केन्द्रीय समिति बैठक निरन्तर बहिष्कार गर्दै आएको छ ।
    सहमतिका लागि दुई पटक स्थगित गरी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको छ । वार्ता टोलीले आज पनि सहमति जुटाउन नसके सभापति देउवाले भोलिको बैठकबाट विधान र लोकतान्त्रिक प्रक्रिया अनुरुप बहुमतका आधारमा निर्णय लिने तयारी गरेको बुझिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij