Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएनन् : उच्च अदालत पाटन द्वारा जिल्ला अदालत काठमाडाैंको आदेश सदर

  • बर्दिया टुडे
  • 3.8K
    SHARES
  •  

    बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् ।

    बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएनन् । उच्च अदालत पाटनले बलात्कार अभियोगमा थुनामा राखेर मुद्दा सुनुवाइ गर्न जिल्ला अदालत काठमाडाैंले दिएको आदेश सदर गर्दै रिहा गर्ने माग अस्वीकार गरेकाे हाे।


    ADVERTISEMENT

    images

    उच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण कुँवरको संयुक्त इजालासको यो आदेशसँगै गत तिहारको लक्ष्मीपूजाको दिनदेखि थुनामा रहेका महरा मुद्दा नसकिएसम्म थुनामुक्त नुहने भएका हुन् ।

    संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार अभियोग लागेका महरालाई प्रहरीले गत ९ असोजमा पक्राउ गरेको थियो ।

    महरालाई जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको थियो । सोही आदेशविरुद्ध महरा र उजुरी दिने रोशनी शाहीसमेत महरालाई थुना मुक्त गरिपाऊँ भन्दै उच्च अदालत पाटन पुगेका थिए ।

    बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रोशनी शाहीले पनि उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी थिइन् ।

    रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएकोलगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी थिइन् ।

    यस्ताे छ अदालतकाे आदेश

     

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij