Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

महिला हिंसाका घटनालाई रोक्नुको सट्टा सरकारले लुकाउने काम गरेको छ : देउवा

  • बर्दिया टुडे
  • 4.0K
    SHARES
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा महिलामाथि हुने हत्या, हिंसा र वलात्कारका घटनामा वृद्धि भइरहेको बेला त्यसलाई रोक्न सरकार असफल भएको बताएका छन् ।

    पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको १६ दिने महिला हिंसाविरुद्धको अभियानको मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उद्घाटन गर्दै देउवाले महिला हिंसाका घटनालाई सरकारले नै लुकाउने गरेको आरोप लगाएका हुन ।


    ADVERTISEMENT

    images

    ‘देशमा अहिले हत्या, हिंसा र बलात्कारका घटना बढी रहेका छन्’, पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘महिला हिंसाका घटनालाई रोक्नुको सट्टामा सरकारले लुकाउने काम गरेको छ ।’

    देउवाले महिला हिंसा गर्ने व्यक्तिलाई पार्टीले सदस्यतासमेत नदिने भन्दै महिला हिंसा गर्नेलाई अझ बढी दण्ड र जरिवानाको व्यवस्था गर्न माग   गरे ।

    महिला हिंसा गर्नेमाथि कडा कारबाही गर्न कडा कानुन ल्याउनमा देउवाको जोड थियो ।

    उपसभापति विमलेन्द्र निधिले महिला हिंसाका घटना परिवार, गाउँ, समाज र कार्यस्थलमा समेत हुने भएकाले त्यसको अन्त्य गर्न पार्टीले जागरण अभियान प्रशिक्षणमार्फत नै गर्ने बताए ।

    महामन्त्री डा. शशांक कोइरालाले महिलाविरुद्ध हुने हिंसा जहाँसुकै भए पनि त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले महिलामाथि हुने हिंसा अन्त्य गर्न पार्टीका सबै नेता कार्यकर्ता प्रतिबद्ध हुनुपर्ने बताए ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij