Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

चिनियाँ हलिउड अभिनेत्री सु-छिङलाई बर्दियामा भव्य स्वागत

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  • नेपाल पर्यटन वर्ष २०२० को सद्भावना दूतका रुपमा नेपाल आएकी चिनियाँ हलिउड अभिनेत्री सु-छिङलाई बर्दियामा भव्य स्वागत गरिएको छ। पर्यटकिय गन्तव्य भ्रमणका क्रममा शनिबार बर्दिया आईपुगेकी अभिनेत्रीलाई आइतबार बर्दिया राष्ट्रिय निकुञ्ज गेटमा भव्य स्वागत गरिएको हो।

    हलिउड अभिनेत्रीलाई निकुञ्ज बर्दिया निकुञ्जमा भ्रमण गराउन पाउँदा बर्दियावासी धेरै हर्षित बनेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। उनले भने ‘अभिनेत्रीको नेपाल भ्रमणले पर्यटन वर्षका लागि धेरै राम्रो सन्देश प्रवाह गर्छ।’


    ADVERTISEMENT

    images

    अभिनेत्रीलाई स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले चीन-नेपालबीचको सम्बन्ध प्रगाढ बनाउन भ्रमण महत्वपूर्ण हुने बताएका छन्। अभिनेत्रीलाई स्थानीय थारु सँस्कृति, भेषभुषा, परिकारलगायत नृत्यहरु अवलोकन गराइएको छ।

    बर्दिया आएकी अभिनेत्र छिङले नेपाल-चीनबीचको सम्वन्ध बलियो बनाउँदै पर्यटन प्रर्बद्धनमा समेत आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्। समाजसेवी हरिश गौतमले अभिनेत्रीलाई पर्यटकिय गन्तव्यको अवलोकनमा सहकार्य गरेका हुन्। उनले बर्दियाको बाँसगढी स्थित ओम्केदारेश्वर धाम, बारबर्दिया नगरपालिका स्थित सत्खलुवा ताललगायत बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेकी छिन्। अन्नपूर्ण

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij