Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार, मुटुको चाल सामान्य बन्दै

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  • प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा केही सुधार देखिएको छ । स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि बन्द गरिएको छ ।

    अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री होसमा आएका छन्, तर अत्याधिक कमजोरी र सघन उपचारको आवश्यकता भएकाले उनलाई अझै पनि भेन्टिलेटरमै राखिएको छ ।


    ADVERTISEMENT

    images

    स्रोतका अनुसार सुधारको क्रम जारी रहेमा उनलाई केही घण्टामा भेन्टिलेटर सहयोगको आवश्यकता पर्ने छैन।

    मंगलबार पेट दुखेपछि अस्पताल गएका ओलीलाई एपेन्डिसाइटिस भएको थाहा लागेको थियो। त्यसपछि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

    उनको स्वास्थ्य अवस्थालाई अस्पतालले स्थिर भनेता पनि पूर्णरुपमा खतरामुक्त घोषणा गरिएको थिएन।

    उनलाई बोल्न तथा केही समय कसैसँग भेटघाट गर्न निषेध गरिने पनि डाक्टरहरुले जनाएक छन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij