Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेशन सकियो, केही दिन अस्पतालमै बस्नुपर्ने

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  • प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन भएको छ । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेशन गरिएको हो ।

    पेट दुख्ने समस्यापछि आज बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पु‍र्याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा. अरुण सायमीले जानकारी दिनुभयो ।


    ADVERTISEMENT

    images

    अपरेशन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारसमेत रहेका डा. सायमीकाअनुसार स्वास्थ्यका अरु कुराहरु पनि हेर्नुपर्ने भएकोले कति दिन अस्पताल बस्नुपर्छ अहिल्यै भन्न सकिदैन।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहानदेखि पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल ल्याइएको बताउनुभयो । प्रधानमन्त्री ओलीको रमेश सिंह, दिव्य सिंहलगायत चिकित्सक टोलीले शल्यक्रिया गरेको उहाँले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुनुहुन्छ । उहाँको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न गत आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथो पटक हेमोडायलसिस गरिएको थियो । गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा हुनुहुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij