Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने

  • बर्दिया टुडे
  • 4.4K
    SHARES
  • यही कार्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास भएको छ।

    केन्द्रीय चलचित्र जाचँ समितिले फिल्मलाई यु अर्थात युनिभर्सल सर्टिफिकेट दिएको छ। यो फिल्मलाई सम्पूर्ण उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।सेन्सर बोर्डले केही दृश्य हटाउन निर्देशन दिदै युनिभर्सल सर्टिफिकेट दिएको फिल्मका लेखक तथा निर्देशक शिशिर राणाले जानकारी दिए।


    ADVERTISEMENT

    images

    फिल्ममा सौगात मल्ल, सृष्टी श्रेष्ठ, पूजा शर्मा, आकाश श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्का, सुरक्षा पन्त लगायतको अभिनय रहेको छ। किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ। अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् ।

    शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा सम्पादनको जिम्मेवारी तारा थापा ‘किम्भे’ले निर्वाह गरेका छन्। फिल्मलाई दर्शकले मन पराउनेमा निर्माण टीम आशावादी छ।

    कालो वर्ण भए पनि मन गोरो भएको एक पात्रको कथामा आधारित रहेर निर्माण भएको फिल्म ‘पोइ पर्‍यो काले’ को मूलकथा अभिनेता सौगातको वरिपरि घुमेको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij