प्रहरीले बर्दियाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले विप्लव समूह बर्दिया जिल्ला सदस्य रमेश बि.क . र सन्जु चौधरीलाई शनिबार राति ११ बजे बासगढी न.पा. वडा नं. ३ बाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाकाका अनुसार पार्टी ‘पुर्नगठन भब्य रुपले मनाउ’ भन्ने नारा सहितका ५० थान पर्चा पम्पलेट टांस्दै गरेको अबस्थामा जिल्ला कालीकोट खाडाचक्रमणी नगरपालिका वडा नं.२ स्थाई ठेगाना भई हाल जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं. ४ दक्षिण भकारी बस्ने बर्ष २८ को रमेश बि.क र बढैयाताल ४ जगतिया बस्ने बर्ष २७ को सन्जु चौधरीलाई पक्राउ गरिएको हो ।
बिष्फोटक पदार्थ सम्बन्धि कसुर मुद्दाका प्रतिवादी रहेका वि. क. लाई आवश्यक कारबाहीको लागी आइतवार सम्मानित जिल्ला अदालत बर्दियामा पठाईएको छ भने चौधरी उपर आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरीले जनएको छ ।