Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मन्त्रिमण्डल पुनर्गठन : काे-काे हटे, काे-काे आए ? (सूचीसहित)

  • बर्दिया टुडे
  • 3.6K
    SHARES
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ ।

    प्रधानमन्त्री ओलीले बुधबार साँझै केही मन्त्री पुरानै र केही नयाँ अनुहार भित्र्याएर मन्त्रिपरिषद् पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नु भएको हो ।


    ADVERTISEMENT

    images

    को-को आए नयाँ अनुहार ?

    सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका हृदयश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ ।

    त्यस्तै नेकपाका प्रभावशाली र बौद्धिक नेता मानिने घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

    त्यस्तै लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै रामेश्वर राय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    बसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ  भने पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै मोतिलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ । रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ भने नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    मन्त्रालय हेरफेर

    उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवको मन्त्रालय हेरफेर भएको छ । उहाँलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

    काे-काे हटे ?

    गोकर्ण विष्ट : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
    लालबाबु पण्डित : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

    मातृका यादव : उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री

    चक्रपाणी खनाल : कृषि तथा पशुपन्छी विकास
    रघुवीर महासेठ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
    थममाया थापा : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
    रामकुमारी चौधरी : कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री
    डाक्टर सुरेन्द्र यादव : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

    धनबहादुर बुढा : पर्यटन राज्यमन्त्री                                                                                          श्राेत उज्यालाेअनलाइन

    हेर्नुहाेस् सूची

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij