Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

चुनावको प्रचार गर्दै कञ्चनपुरमा आरजु , नेकपाका दुई दर्जन कार्यकर्ता भित्रिए काँग्रेसमा

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  • देशका बिभिन्न जिल्लाहरुमा हुँदै गरेको उप निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन जनमत निर्माणमा सकृय देखाउदै नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा कञ्चनपुर पुगेकी छिन । वडा अध्यक्ष पदका लागि हुँदै गरेको उप निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन कार्यकर्ता संग छलफलका लागि कञ्चनपुरको पुनर्वास पुगेकी नेतृ देउवाले नेकपाका कार्यकर्ताहरुलाई नेपाली काँग्रेसमा प्रवेश समेत गराएकी छिन् ।


    ADVERTISEMENT

    images

    कञ्चनपुरको पुनर्वासमा मंगलबार कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेतृ देउवाले भनिन - दुई तिहाईको दम्भ पालेर बसेको नेकपा सरकारले सत्ताको दुरुपयोग गरेर निर्वाचनलाई प्रभावित पार्न सक्छ यस तर्फ कार्यकर्ता चनाखो हुन पर्छ । नेतृ देउवाले भनिन् अढाइ वर्षको अवधिमा कमिसन , भ्रष्टाचार गर्दै आफू र आफ्ना नजिकका मान्छेलाई पोस्ने बाहेक नेकपाका नेताहरुले केही गर्न सकेनन । उनले भनिन् - नेकपा सरकाले कृषकहरुको उत्पादन वृद्धिका लागि कार्यक्रम ल्याउनुको साटो उल्टै कृषकबाट चर्को कर असुल्न थालेको छ । पुनर्वासको आईबिआरडीमा आयोजित कार्यकर्ता भेलामा बोल्दै नेतृ आरजु देउवाले भनिन - देशको क्याबिनेट मन्त्री रहेको वडामा बिकास शून्य रहेछ भने देशको बिकास गर्ने त कुरै हुँदैन । द्वन्दकालमा सबै भन्दा बढी तामाङ , थारु लगायत अन्य समुदायलाई सत्ता हत्याउन कम्युनिस्टले प्रयोग गरे ।

    सोही कार्यक्रमका विशिष्ट अतिथी रहेका नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले भने - देशमा समावेशी प्रतिनिधित्वको कुरा गरेर कम्युनिस्टले जनताको आँखामा छारो हालेका छन । तर नेपाली काँग्रेसले समावेशी प्रतिनिधित्व ब्यबहारमै लागू गरेको छ । कम्युनिस्ट बोल्छन धेरै काँग्रेस ब्यबहारमा उतार्ने पार्टी हो । नेता बिष्टले भने " सुदुरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा र कञ्चनपुरको महाकाली नगरपालिकामा मेयर दलित समुदायको प्रतिनिधित्व गराएर जिताएको छ । समावेशीको चर्को कुरा गर्दै हिड्ने कम्युनिस्टहरुले किन दिएनन दलित समुदायलाई मेयर यो हरेक जनताले बुझ्न आबश्यक छ । " नेता बिष्टले भने -बिकास र जनताको काम गर्ने भनेकै काँग्रेस हो यो क्षेत्रमा जति पनि बिकासका काम भए ती काँग्रेसकै पालामा भएका हुन । " उप निर्वाचन हुँदै गरेको पुनर्वासको ३ नम्बर वडामा नेकपाका दुई दर्जन कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । लामो समय कम्युनिस्ट राजनीतिमा साँस्कृतिक मञ्चमा काम गर्दै आएका मानबहादुर ओड लगायतले नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेकपाबाट बेदमाया लोहनी , अञ्जलि तामाङ , गंगा थापा , गोपाल लोहनी , विशाल तामाङ्ग , सन्त मगर , पदम सुनार, लक्ष्मी लनमिछाने ,चन्द्रा मगर , बिन्दु माेक्तान , देवी पाण्डे , अमर सुनार , निरल तामाङ्ग , बद्री बि.क , सपना बि.क. , सुदीप तामाङ्ग ,जेरी तामाङ्ग मान बहादुर तामाङ्ग , सुक बहादुर तामाङ्ग , कर्ण बहादुर तामाङ्ग , कुमारी तामाङ्ग ,मित्र तामाङ्ग , कान्छी माया तामाङ्ग , कमला तामाङ्ग , सुमित्रा तामाङ्गले नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij