Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

भारतले नयाँ नक्सामा नेपाली भूमिलाई राखेपछि भारतीय दुतावासमा नेविसंघको बिरोध

  • बर्दिया टुडे
  • 2.9K
    SHARES
  • भारतीय दूतावास अगाडि नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ। भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिपुवाधुरा परेपछि नेविसंघले बिहीबार लैनचौरस्थित भारतीय दूतावासअघि विरोध प्रदर्शन गरेको हो। नेविसंघका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’ लेखिएका ब्यानरसहित विरोध प्रदर्शनमा उत्रिएका थिए। विद्यार्थीहरुले भारतीय सीमा अतिक्रमणविरुद्ध नाराबाजी गरेका हुन्।
    नेविसंघले नै त्रिचन्द्र क्याम्पसअगाडि भारतीय सीमा अतिक्रमणको विरुद्ध प्रदर्शन गरेको थियो। नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै भारतीय दूतावासमा नेविसंघको ज्ञापन पत्र समेत बुझाएको छ। नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको हो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij