कालापानी र लिपुलेख नेपाली भूमि भदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल स्थीत भारतीय राजदुतलाई टेलिफोन गर्नुभएकाे छ। देउवाले भारतीय राजदुत मञ्जिभ सिँह पुरीलाई फोन गर्दै भारतले नयाँ नक्सामा समावेस गरेको लिपुलेख र कालापानी नेपाली भूमि भएको भन्दै अतिक्रमण अस्वीकार्य भएको बताउनु भयाे।
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गर्दै नक्साप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको बताएका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयाे। भारतको नयाँ नक्साबारे नेपालले साझा मत बनाएर कूटनीतिक समाधान गर्न पनि सरकारसंग काग्रेसले माग गरेको छ।