Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लघु कथा : समवेदनापत्र

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  • बस्नेत सर यातायात क्षेत्रका निकै नामी हुन् । उनका पिताको निधन भएको हुँदा छिमेकका मित्रसमूहले सममवेदना व्यक्त गर्ने निधो गरे । समवेदना तयार गर्ने जिम्मा संस्थाकी अध्यक्ष सुलोचनालाई लगाइयो । अनि उनले पनि आफ्ना पतिलाई यो जिम्मा लगाइन् र भनिन्-

    "हेर्दा अलिक आकर्षक हुनु पर्यो । भरसक चाँदी जस्तो टल्कने फ्रेम नै लाइदिनू । सबैकोभन्दा राम्रो र आकर्षक हुनुपर्यो । पैसाको चिन्ता नगर्नू । माथितिर कविशिरोमणिको त्यो छ नि कवित्त 'कालले टपक्क टिप्यो' भन्ने, हो त्यो हालिदिनू । राम्रो रङ्गीचङ्गी र सानदार फोटो हुनु पर्छ मृतकको । राम्रो फोटो छानेर अनि हेरेर हालिदिनू । सबै मिलाउनू र लिएर आउनू । लु बेहोरा लेखिदिनू त ।"


    ADVERTISEMENT

    images

    "किन यस्तो खर्चिलो सुलोचना ? भावनाका कुरा हुन् यसलाई साधारण शब्दमा लेखेर साधारण खाममा हालेर लगेर दिए पनि हुन्न र ?"

    "काँ त्यसो भनेर हुन्छ !" अलिक कड्किइन् ।

    "सिँगार पटार गरेर अरूकोभन्दा सानदार हुनुपर्छ । उहाँ अरूअरूका समवेदनाहरू एकसे एक आइसके । हामो समूहको पनि नाम राख्नु परेन त अनि ? खाममा हालेर दिने लभ लेटर हो र ? बिथ्थाको मान्छे !!"

    यसभन्दा उता केही भन्न उचित ठानेनन् उनका पतिले । भनियो भने फेरि केके उदाहरण र तिता पिरा कुरा हुन सक्लान् भनेर उनी चूप लागे ।

    "हस् त, हुन्छ ।" भनेर सुलोचनापतिले समवेदनाको बेहोरा लेख्न बसे । कैले यो मिलेन, कैले यो शब्दभन्दा अर्को हाल्नू र कहिले यो कुरा मिलेन कहिले त्यो कुरा मिलने भनेर सुलोचनाले उनका पतिको बातो बसाइन् । कपीका निकै पन्न सकिए । उनी लेख्ता र मेट्ता हैरान भए दसौम्पटक केरमेट गरेपछि बल्लतल्ल पास भयो । तैपनि सुलोचनाले भनेजस्तो त हुन सकेन । कति हैारनी दिनु भनेर उनले चित्त बुझाइन् ।

    यसरी आफ्नी पत्नीबाट समवेदनाको बेहोरा पास गराएर लागे बजारतिर उनका पति। सुलोचना भने सबैकोभन्दा गतिलो समवेदनाको प्रमाणपत्र मृतकको घरमा लाने र सानदारसँग पढेर बुझाउने सपना देख्न थालिन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij