थरुहट नेता मोहन चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जनयुद्ध दिवसको अवसर पारेर उनी मंगलबार माओवादी प्रवेश गरेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोहन चौधरीलाई पार्टी प्रवेश गराएका थिए ।
बर्दियाको ठाकुरद्वारामा होटल व्यवसायी सञ्चालन गर्दै आएका मोहन पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा आबद्ध थिए ।
संसदीय निर्वाचनका बेला रेशम चौधरीले बर्दिया २ आफ्ना बुबालाई टिकट दिएपछि उनी रुस्ट बनेका थिए ।
त्यसलगत्तै उनले नागरिक उन्मुक्ति पार्टी परित्यागको घोषणा गरेका थिए ।