सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै बर्दियाको एक स्थानीय तहले जनयुद्ध दिवसमा सार्वजनिक बिदाको घोषणा गरेको छ । बर्दियाको राजापुर नगरपालिकाले जनयुद्ध दिवस अर्थात् फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

यसअघि सर्वोच्च अदालतले जनयुद्ध शब्द वा जनयुद्ध दिवसलाई संविधानले नचिनेको भन्दै जनयुद्ध दिवसका रुपमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निणर्य बदर गरिदिएको थियो ।
तर सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ आएको केही दिनमै वर्दियाको राजापुरमा केन्द्र रहेको राजापुर नगर पालिकाकाले उक्त दिन सार्वजनिक बिदाको घोषणा गरी सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।