Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लाख रुपैयाँ बढी पर्ने सुनको बेलपत्र मन्दिरमा अर्पण

  • बर्दिया टुडे
  • 874
    SHARES
  •  

    ऋषि वाग्ले सत्ति (कैलाली)/ काठमाडौका श्रेष्ठ दम्पतिले टिकापुर नगरपालिका -७,सत्ती बजारमा अवस्थित पदमप्रकासेश्वर महादेव मन्दिरमा लाख रुपैयाँ बढी पर्ने सुनको बेलपत्र अर्पण गरेका छन् । 


    ADVERTISEMENT

    images

    काठमाडौ बुढानिलकण्ठ निवासी किर्तन श्रेष्ठ को घरमा जन्मिएको सन्तानमा आँखामा समस्या हुने गर्दथ्यो। उनको परिवारमा यो समस्या ब‌ंशाणुगत थियो। यस्तो समस्या अबको पुस्तामा नआओस् भन्ने मनोकामना का साथ श्रेष्ठ दम्पतिले केहि वर्ष अघि यहा पुजा अर्चना गरी भाकल गरे। अहिले उनको छोरामा देखिएकाेआँखा समस्या हराएर गएकाले  उनिहरु सपरिवार काठमाण्डौ बाट आएर एकतोला सुनको बेलपत्र अर्पण गरेको किर्तन श्रेष्ठ बताउँछन ।

    कैलालीको सत्तीमा भएको यो मन्दिर कहिले स्थापना गरियो एकिन नभएपनि यो मन्दिर एकदमै प्राचिन भएको जन विस्वास छ । त्रेतायुगमा भगवान परशुरामले पिता जमदग्निकाे आज्ञापालन गर्ने क्रममा आफ्नी आमाको हत्या गरे पश्चात सो पाप बाट मुक्ति हुनका लागि मन्दिर स्थापना गरी पुजा अर्चना गरिएको जनविश्वास रहेको मन्दिर सरंक्षण समितिका अध्यक्ष बिदुरलाल कायस्थ बताउँछन।

    Title.jpg

    बिक्रम सम्बत १९६५ माघ शुक्ल दशमीको अवसरमा राजा नरेन्द्र बिक्रमको कान्छी महारानी पद्मावती द्वारा वर्तमान यस मन्दिरको जिर्णोद्धार गरिएको सम्पदा सम्बन्धी केहि पुस्तकमा उल्लेख गरिएको पाइएको मन्दिर सरंक्षण समितिका सचिव भिम श्रीपालीले बताए ।

    प्राचिनकाल देखि नै यो मन्दिर नेपाली भक्तजनका साथै भारतिय भक्तजनका पनि आस्थाका केन्द्र रहेको स्थानीयहरु बताउँछन ।

    २०६७/६८ मा मन्दिर शतवार्षिकी मनाउदा भारत उत्तराखण्डका पिठाधिश्वर जगतगुरु शकंराचार्य,  माधव वाश्रमजी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यास आचार्य, स्वामी दिनदयाल महाराज लगायतले पछिल्लो समयमा मन्दिरको दर्शन गरेका छन भने प्राचिन कालमा भारतीय ऋषिमुनि हरु कैलाश-मा सरोवर दर्शन गर्न जादा यस मन्दिरमा पुजा अर्चना गरेर त्यसतर्फ प्रस्थान गर्ने गरेको स्कन्दपुराणमा समेत उल्लेखित छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij