Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पूर्वसभामुख महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

  • बर्दिया टुडे
  • 4.2K
    SHARES
  • जिल्ला अदालत काठमाण्डौले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिए सँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

    जिल्ला अदालत काठमााडौंमा आज भएको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार  महरालाई डिल्लीबजार कारागार चलान गरिएको    हो । 


    ADVERTISEMENT

    images

    संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका महरालाई थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिएकाले थुनामै राख्न अदालतले आदेश दिएको हो ।

    जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश सुदर्शनराज पाण्डेकाे इजलासले महरालाई थुनामै राखेर मुद्दा अगाडि बढाउन आदेश दिएकाे हाे । अदालतको आदेशपछि महरालाई डिल्लीबजार कारागार पठाइएको छ । अब याे मुद्दाकाे किनारा नलागेसम्म महरा कारागारमै बस्नु पर्नेछ ।

    जिल्ला अदालत काठमाण्डौमा महराका तर्फबाट साेमबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाले बहस गर्नुभएको थियो । आइतबार महराकाे पक्षबाट अधिवक्ता भोजराज आचार्य र लभप्रसाद मैनालीले बहस गर्नु भएकाे थियाे । आइतबार बहस नसकिएपछि साेमबारलाई हेर्दाहेर्दैमा राखिएकाे थियाे ।

    महराकाे पक्षबाट बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए । न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासमा बहस भएको थियाे । अदालतमा बहस भैरहँदा पीडित भनिएकी राेशनी शाहीले बन्द इजलासमा बाेल्ने अनुमति मागे पनि न्यायाधी पाण्डेले अनुमति दिनु भएन । महराले बलत्कार प्रयास गरेकाे भनेर प्रहरीमा जाहेरी दिए पनि उनले अदालतमा भने बयान फेरेकी थिइन् । महरा आफ्नाे काेठामा नआएकाे उनले अदालतमा बयान दिएकी थिइन्।

    महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएकाे असाेज १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij