Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

४७ इन्चकी बेहुली, ४२ इन्चका बेहुला !

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    भनिन्छ मान्छेको जोडी भगवानले पहिले नै बनाइदिएको हुन्छ । भारतको बिहारमा हालै एउटा यस्तै जोडी बिहे बन्धनमा बाँधिएको छ कि त्यसले उल्लिखित भनाइलाई पुष्टि गर्दछ ।


    ADVERTISEMENT

    images

    बिहारको सरन जिल्लास्थित मधौरामा हालै एक होचो कदको जोडीबीच बिहे भयो । सोसल मिडियामा चर्चाको विषय बनिरहेको उक्त जोडीमा बेहुलीको सरीरको उचाइ ४७ इन्च थियो भने बेहुला उनीभन्दा ५ इन्च कम अर्थात् ४२ इन्चका थिए ।

    स्थानीय लेउरा गाउँका बासिन्दा रोहित सिंहको उमेर पुगिसक्दा पनि बिहे नहुँदा परिवारजन चिन्तित थिए । रोहितका लागि कद सुहाउँदी बेहुली भेटिएकी थिइनन् । त्यस्तै अवस्था खाब्सी गाउँकी नेहा प्रसादको पनि थियो । ४७ इन्च अग्ली नेहाका लागि पनि सुहाउँदो जोडी भेटाउन सकिएको थिएन । त्यस्तैमा नेहाको परिवारले रोहितका बारेमा जानकारी पाए । अन्ततः दुवै परिवारको भेट भयो, नेहा र रोहितसमेत आपसमा भेटेपछि मन मिल्यो र बिहे गर्ने निधो भयो ।

    केहीदिन अघि स्थानीय मधौरा ग्रहदेवी मन्दिरमा नेहा र रोहितको हिन्दु परम्परा अनुसार बिहे भएको छ । उनीहरुको बिहे धुमधाम पूर्वक भयो र बिहेमा उपस्थित पाहुनाहरु निकै खुसी थिए ।

    निकै होचो कदका कारण सुहाउँदो जोडी खोजेर बिहे गराउन नै मुस्किल परेको बेलामा भगवानले आफूहरुको कुरा सुनेको र जोडी भेट्टाइदिएको भन्दै बेहुला र बेहुली दुवै पक्ष मख्ख थिए ।

    बेहुला रोहितले कम्पाउन्डरको जागिर गर्दछन् । नेहाको भने जागिर नभएको र उनी घरव्यवहार तथा पाककलामा पोख्त भएको परिवारजनले बताएका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij