Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

हवाईजहाज सँग बिहे गर्ने सपना !

  • बर्दिया टुडे
  • 4.9K
    SHARES
  • एजेन्सी । एक युवतीले हवाईजहाजलाई आफ्नो प्रेमी बनाएकी छिन्। जर्मनीको राजधानी बर्लिनकी ३० वर्षीया युवती मिसेल कोब्केले पाँच वर्षदेखि आफू बोइङ ७३७–८०० सँग प्रेम सम्बन्धमा रहेको उनी बताउँछिन्। भन्छिन्, ‘बोइङ ७३७–८०० अत्यन्त आकर्षक, सुन्दर र सेक्सी छ। म पाँच वर्षदेखि ऊसँग प्रेममा परेकी छु। हाम्रो सम्बन्ध भावनात्मक मात्र छैन, भौतिक पनि छ।’

    उनले आफ्नो प्रेमी बोइङलाई ‘साट्स’ नाम दिएकी छिन्। जर्मन भाषामा यसको अर्थ ‘मायालु’ हुन्छ। मिसेललाई आफ्नो मायालुसँग रमाइलो र उत्कृष्ट समय बिताउन भने त्यति सहज छैन। भन्छिन्, ‘हवाईजहाजसँगको प्रेम सम्बन्ध भिन्न प्रकृतिको हुन्छ। प्रेमीसँग रमाइलो समय व्यतीत गर्न मलाई सजिलो छैन। ऊसँग नजिक हुन, उसलाई प्राप्त गर्न मैले हवाई यात्रा गर्नुपर्छ। जीवनमा एक पटक मात्र ह्यांगरमा पुगेर ऊसँग धीत मर्ने गरी रमाइलो गरेकी छु।’


    ADVERTISEMENT

    images

    मिसेलले आफ्नो प्रेमीसँग प्रेमालाप गर्न विभिन्न उपाय अपनाएकी छिन्। ‘मसँग घरमा बोइङको फाइबरग्लासबाट बनेको ठूलो मोडल छ,’ उनी भन्छिन्, ‘त्यही मोडलसँग म प्रेम प्रकट गर्छु।’ उनको हवाईजहाजसँगको प्रेमलाई विज्ञानले ‘अब्जेक्टोफिलिया’ भन्छ। यस्तो मनस्थितिमा मान्छेले कुनै निर्जीव वस्तुप्रति प्रेम र आसक्ति देखाउँछ।

    बोइङसँगको सम्बन्धको भौतिक र शारीरिक पक्ष मिसेललाई मान्छेसँगको सम्बन्धको भन्दा फरक लाग्दैन। भन्छिन्, ‘हाम्रो सम्बन्ध महिला र पुरुषको सम्बन्धजस्तै सामान्य छ। हामी सँगै सुत्छौँ। रमाइलो साँझ बिताउँछौँ। म बोइङ मोडलरूपी प्रेमीलाई सुमसुम्याउँछु र प्रेम दर्शाउँछु।’

    सन् २०१४ को मार्चमा उनले पहिलो चोटि बोइङ ७३७–८०० चढेकी थिइन्। ‘पहिलो भेटमै मेरो बोइङसँग माया बस्यो,’ उनी सम्झन्छिन्। उनी सन् २०१९ को मे १ लाई आफ्नो जीवनको सर्वोत्कृष्ट दिन मान्छिन्। ‘किनभने, त्यस दिन मैले विमानस्थलको ह्यांगरमा गएर मेरो प्रेमी बोइङसँग केही समय बिताउने अवसर पाएकी थिएँ,’ उनी भन्छिन्, ‘त्यो भेटमा मैले हरेक सेकेन्डको आनन्द लिएँ। बोइङको पखेटामा हात राख्दा मैले आफूलाई संसारको सबैभन्दा सुखी महिला ठानेकी थिएँ।’ उनको एक मात्र सपना छ– प्रेमी बोइङसँग कुनै दिन बिहे गर्ने।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij