उपचुनावका लागि तोकियो निर्वाचन अधिकृत, कहाँ को खटिए?
बर्दिया टुडे
कार्तिक ५, २०७६ मंगलवार
१४:५२:२२ मा प्रकाशित
1.4K
SHARES
1.4K
SHARES
काठमाडौँ– निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावका लागि निर्वाचन अधिकृत तोकेको छ।
आयोगले न्याय परिषद्को परामर्शमा ३७ जना जिल्ला न्यायाधीशलाई मूख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको हो।
आयोगले प्रतिनिधिसभादेखि वडा अध्यक्षसम्मको रिक्त रहेको पदमा चुनाव गर्न तयारी तीव्र पारेको छ। मंसिर १४ गते ३७ जिल्लाका प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
कहाँको मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृत को?