स्थानीय सरकारका प्रमुख उपप्रमुख र संपुर्ण जनप्रतिनिधिहरु तपाईंहरु आजकल बिकासमा लागेको देख्दा खुसी नै लाग्छ । केही गरौ त भनी राख्नु भएको छ । तपाइहरुको ध्यान एक पटक यता छ कि छैन । बिकास भनेको भौतिक निर्माण मात्र पनि हैन है । तपाईले गरेको बिकासलाई माया गर्ने संरक्षण गर्ने जिम्मेवार समाज निर्माणमा पनि ध्यान दिन जरुरी छ ।
अजकाल समाजमा रहेका मानिसमा विभिन्न खालका समस्या देखिएको छ । केही मैले देखेका, बुझेका, र भोगेका केहि स्मस्यालाइ यहाँ राख्दै छु।
१) युवाहरुमा लागुऔषदको लत निकै बढिरहेको छ ।
२) प्रत्येक ब्यत्तिमा नकारात्मक सोचको बिकास बढी रहेको छ ।
३) महिला बालबालिका असुरक्षित महसुस गरिरहेका छ्न।
४) आर्थिक नै प्रमुख साधन बन्नु जसरी नि पैसा कमाउने सोचको बिकास बढ्दै जानु ।
५) प्रत्येक ब्यक्तिमा निरासा पन बढ्दै जानु ।
६) आत्महत्या र प्रयासका घटना बढ्दै जानु।
७) ईन्टरनेट इडिक्सन बढ्नु ।
८) पारिवारिक बेमेल बिखण्डन बढ्दै जानु ।
९) मानिसहरूमा सामाजिक पारिवारिक पनमा कमि ।
यो खालको सामाजिक अबस्थामा सुधार ल्याउन केही सोच्न जरुरी छ । समाजलाइ सकारात्मकता तिर लैजान जरुरी भैसकेको छ । यसकालागी यहाहरुले निम्न अनुसारको कार्ययोजना बनाइ समाजलाइ सकारात्मकता तिर लैजान सक्नु हुन्छ ।
१) लागुऔषध नियन्त्रणका लागि वार्ड र टोल स्तरीय संन्जला निर्माण गरि कृयाशिल बनाउने ।
२) समाजमा रहेकोका समस्या अनुसारका सामाजिक काउन्सिलर, मानसिक थेरापिस्ट जस्ता अल्पकालीन र tot तालिम संचालन ।
३) संन्चालन हुने विभिन्न सिपमुलक तालिमलाई स्थानीय स्रोतसाधन र मागमा आधारित बनाउने र त्यसबाट ब्यबासायिक बन्न उत्पेरणा दिने ।
४) माननिसमा बढेका नकारात्मक सोच, ईन्टरनेट इडिक्सन, पारिवारिक बेमेल, आत्महत्याका प्रयास जस्ता बिकृती अन्तका लागि योग र सकारात्मक सोचका कक्षाहरु अभियानकै रूपमा संन्चालन गर्ने ।
५) हिजोका द्वन्द्वकालिन सबै प्रभावित, घाइते, अपाङ्गता, बेपत्ता, सहिद परिवारलाई परिपुरण र आबस्य सामाजिक संमनका कार्ययोजना बनाउने ।
भौतिक बिकासलाई मात्र ध्यान नदिएर समाजलाइ पनि ध्यान दिन जरुरी छ । समाजमा रहेका तमाम समस्याहल गर्न सकिएमात्र हामी अगाडि जान सक्छौ । अर्जुन सुवेदीकाे फेसवुक बाट