बर्दियाको पुजि बाहिरीएको कारण नै बर्दिया पछाडी परेको हो । हिजोका दिनमा जमिन्दारी प्रथाका कारण जिल्ला भन्दा बाहिरका मानिसहरुको नियन्त्रणमा जग्गा जमिन थियो । बिस्तारै बसाइँसराइ, भुमिको हदबन्दी, पुर्नबासका कारण जग्गा जमिन टुक्रिदै गयो ।
बर्दियामा पंचायत काल देखि आज संम आशा लाग्दो बिकास जनताहरुले देख्न सकेका छैनन्। शिक्षा स्वास्थ रोजगारिका अबसर, भौतिक पुर्बाधारको बिकास हुन सकेको छैन। यसकारण पनि बर्दियामा कमाएको पुजि आज नेपालगन्ज, कोहलपुर, बुटवल, चितवन, पोखरा, काठमाडौ तर्फ पलायन भएको छ। यो अवस्था दु:खद छ।
बर्दियामा धेरै संभावना बोकेको जिल्ला हो । पर्यटन, कृषि, औद्योगिक बिकासको राम्रो संभावना देखिन्छ। अबको ५ बर्षमा हरेक स्थानीय तहमा सडकका पुर्बाधार तयार हुनेछ्न्। मुर्तिहा भुरिगाउ, गुलरिया राजापुर सडक, भुरिगाउ तेलपानी सडक, बबई सिचाइको बिस्तारको काम, बबई नदि नियन्त्रण, भेरि बबई ड्राइभरसन, नेपालगन्ज गुलरिया सडक बिस्तारका काम संपन्न हुनेछ्न। त्यसपछी यस जिल्लाको हरेक क्षेत्रको संभावना अझ बढेर जानेछ।
अब प्रत्येक पालिकाहरुले जिल्लामा अब के गर्न सकिन्छ भन्ने सबालमा छलफल बहस चलाएर एक सार्थक योजना बनाउन जरुरी छ। बर्दियाका ८ पालिकाले फरक फरक खालाका ८ बटा ठुला बिकासका पुर्बाधारका संबन्धमा योजना बनाउन जरुरी देखिन्छ। राजापुर र गेरुवा कृषिको हब क्षेत्र र कृषि कलेज, ठाकुरद्वारा मधुवन पर्यटनको हब र पर्यटन शिक्षालय, बारबर्दिया गुलरिया पशुपालन केरा, बदाम, तरकारी खेतिको क्षेत्र र बबई नदि तटिय क्षेत्रमा हरित करिडोर, बासगडि बढैयातालमा औद्योगिक क्षेत्रको बिकास गर्न सकिने संभावनालाई समन्वयात्मक तरिकाबाट अगाडि बढाउन अब ढिला भैसकेको छ। कुभ्भरको कपास बिकास समितिको क्षेत्रमा बहुउद्देश्यीय कलेज, अस्पताल, कृषिमा आधारित औद्योगिक क्षेत्र बनाउन सकिन्छ । बाटो पुल पुलेसा साना तिना योजना बार्डस्तरलाइ जिमा दिएर पालिकाहरुले समयात्मक ढ्ङ्गबाट बर्दियालाई बिकास गर्न तिर सोच्न अब ढिला भै सक्यो है ।
स्थानीय सरकार, उधोग बाणिज्य संघ, सरकारी, गैरसरकारी निकाय, निजि क्षेत्र, जिल्ला भित्र र बाहिर रहेका बिज्ञ, बर्दिया सङ्ग जोडिएका जिल्ला र देश बाहिर रहेका बर्दियालि सहितको बर्दियामा लगानी र निर्माणका लागि एक बृहत बर्दिया लगानी भेला राखौ । त्यसबाट यौटा सङकल्प प्रस्ताव तयार गरेर बर्दियाको बिकासको यौटा गुरु योजना बनाएर आफनै पहलमा पुजिको स्रोत पहिचान गरि हाम्रो बर्दिया आफै बनाउन लागौ है ।अर्जुन सुवेदीकाे फेसबुक बाट