गेरुवा : अटवारी तथा हरितालिका तीज पर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम गेरुवामा सम्पन्न भएको छ ।
गेरुवा महिला शिक्षक तथा कर्मचारी सञ्जालको आयोजनामा गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजार स्थित होटल नेपसेन्ट्रिकमा कार्यक्रम सम्पन्न भएको हो ।

गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल थारुले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष थारुले थारु जातिले विशेष पर्वको रुपमा मनाउने अटवारी पर्व र हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज दुबैलाई जोडेर कार्यक्रम गर्नु आफैमा सुन्दर पक्ष भएको उल्लेख गरे । उनले यस्ता कार्यक्रमहरुमा वडाकाे सदैव साथ सहयोग रहने बताए ।

कार्यक्रममा गेरुवा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हिमा कुमारी थारु, शिक्षा प्रेमी प्रेम बहादुर रावल, राजु बडुवाल, हिस्टुन जिल्ला अध्यक्ष टंकराज शर्मा, गेरुवा महिला सञ्जालका अध्यक्ष बाला चन्द, नेपाल शिक्षक संघ प्रदेश प्रतिनिधी जयन्ती बजगाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गेरुवा महिला शिक्षक तथा कर्मचारी सञ्जालका अध्यक्ष रुपा पुनको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मनतव्य रश्मी बटाला थापाले राखेकी थिईन।

कार्यक्रम संचालन गर्दै शिक्षिका कमला पौडेल सुवेदीले अ पर्व र तीज पर्वको साँस्कृतिक महत्वको बारेमा जानकारी गराएकी थिईन ।