Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

संविधान दिवसका दिन घरघरमा दीपावली गरी मनाईने

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  •  

    गुलरिया : असोज ३ गते बर्दियामा भब्यताका साथ संविधान दिवस मनाईने भएको छ । बुधबार जिल्ला प्रसासन कार्यलयमा बसेको सर्वपक्षिय बैठकको निर्णयले संविधान दिवसका दिन घरघरमा दीपावली गरी जिल्लामा विविध कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको हो ।


    ADVERTISEMENT

    images

    संविधान दिवस ०८० विविध कार्यक्रम गरी मनाउने निर्णय भएको  जिल्ला समन्वय समिती बर्दियाका प्रमुख सुर्य बहादुर विष्टले जानकारी दिनुभयो । जिससका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था, पत्रकार लगायतको उपस्थितीमा भएको बैठकले रचनात्मक, सिर्जनात्मक तथा सचेतना  मुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । असोज ३ गते विहान ७ बजे जिल्ला प्रहरी कार्यालय अगाडि (गणेशमान चोक) देखि जिल्ला समन्वय समितिसम्म प्रभातफेरी गरिने भएको छ । मूल समारोह समितिका पदाधिकारीहरुले आ–आफ्नो कार्यालय, संस्थाका पदाधिकारी, कर्मचारी तथा राजनीतिक दलका तर्फबाट साँस्कृतिक पहिरन झल्कने गरी सर्वसाधारण सहित सहभागी गराउने निर्णय बैठकले गरेको छ । 

    प्रभातफेरी कार्यक्रममा कम्तिमा ४ वटा विद्यालयबाट २५÷२५ जना विद्यार्थी सहभागी रहने समन्वय समितिको प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयबाट संविधान दिवस सम्बन्धी सचेतनात्मक बक्तृत्वकला प्रस्तुति गर्ने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाईले मिलाउने समेत निर्णय गरिएको मुल समारोह समितीले जनाएको छ । संविधान दिवसका दिन असोज ३ गते आ–आफ्नो घर, सार्वजनिक स्थलमा दीपावली गर्न जिल्लाबासीहरुलाई अनुरोध गरिएको छ । प्रत्येक कार्यालयले संविधान दिवसको अवसरमा असोज २ गते आ–आफ्नो कार्यालय सरसफाई तथा सौन्दर्यकरण गर्ने निर्णय भएको छ । 

    कार्यालयहरुले कार्यालय परिसरमा दिवसको अवसरमा असोज २, ३ र ४ गते दीप प्रज्वलन गर्ने बताइएको छ । आ–आफ्नो क्षेत्रमा सिर्जनात्मक कार्यक्रमहरु, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने लगायतका नवप्रवद्र्धनमूखी कार्यक्रम गरी मनाउन स्थानीय तहलाई अनुरोध गर्ने समेत निर्णय भएको जनाईएको छ । स्थानीय तह, राजनीतिक दल, सरकारी÷गैरसरकारी संघसंस्था, वित्तिय लगायतका कार्यालयहरुले सन्देशमूलक सामग्रीहरु स्थानीय संचार माध्यमहरुलाई उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij