Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाघको आक्रमणमा मृत्यु भएकी मगरका परिवारलाई प्रदेस सरकारको १ लाख रुपैया हस्तान्तरण

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    मधुवन : बर्दियाको मधुवन नगरपालिका वडा नं–३ भग्रैयामा भाद्र २२ गते बाघको आक्रमणबाट मृत्यु भएकी कली बंशीमगर भन्ने काली मगर्नीको परिवारलाई पीडितसँग प्रदेश सरकार राहत कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ  हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशका संसद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले डिभिजन वन कार्यालय बर्दिया मार्फत पीडित पक्षका आफन्तलाई नगद हस्तान्तरण गर्नु भएको हो ।


    ADVERTISEMENT

    images

    प्रदेश सरकारबाट पाउने राहत रकम डिभिजन वन कार्यालय मार्फत क्रमिक रुपमा पाउने संसद तिमिल्सिनाले बताउनु भयो । यो हाम्रो जिम्मेवारी पनि हो । प्रदेश सरकारको अनुरोधमा खाता जैविक मार्ग क्षेत्रमा वडा नं १, २ र ३ का लागी संघीय सरकार र प्रदेश सरकारबाट १०÷१० लाख विमा कार्यक्रम अन्र्तगत दिईने छ । कार्यविधि तयार नभएकाले कार्यान्वयन नभएको उहाँको भनाई छ । रकम उपलब्ध गराउन छिटै पहल हुन्छ प्रदेश सरकार तपाईंहरुको साथमा छ । उहाँले भन्नुभयो तपाईंलाई एक्लो भएको अनुभुती नहोस । मुख्यमन्त्री आर्थिक विकास कोषबाट विपन्नलाई सहयोग गर्न सक्ने खालको कार्यक्रम ल्याउदैछ प्रदेश सरकार । 

    कक्षा १२ सम्म पढ्न जे जति लाग्छ सम्पुर्ण खर्च मेरो ब्याक्तिगत हुने छ । संसद तिमिल्सिनाले प्रतिबद्धता गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा मधुवन नगरपालिकाका नगर उप–प्रमुख अनिता चौधरी, डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल बन अधिकृत प्रविण विडारी, वडा अध्यक्षहरु मीन बहादुर थापा, नारायण मल्ल, डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृतहरु, खाता सामुदायिक वन समन्वय समितिका पदाधिकारीहरु, नेपाल प्रेस युनियन बर्दिया शाखा अध्यक्ष दिपकलाल श्रेष्ठ र स्थानिय भद्रभलादमीहरुको सहभागीतामा रकम हस्तान्तरण गरिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij