गेरुवा गाउँपालिकाको वडा नं. ५ र ६ मा जनचेतना मुलक नाटक जिवन संभव छ को प्रदर्शन गरिएको छ ।
माध्यमिक विद्यालयका ८ देखि १२ कक्षा सम्मका विद्यार्थी लाई लक्षित गरी नेपाल राष्टिय गणेश माध्यमिक विद्यालय मनाउ र पशुपति माध्यमिक विद्यालय पशुपतिनगरमा नाटक जिवन संम्भव छ को प्रदर्शन गरिएको हो ।

समाजमा बढदैगएको आत्महत्या रोकथामका लागि जन चेतना फैलाउने उद्येश्यले विद्यालय स्तर देखिनै (बहुसाँस्कृतिक मनोसामाजिक संस्था) टिपिओ नेपाल नामक गैरसरकारी संस्थाले नाटक प्रदर्शन गरिरहेको छ ।
टिपिओ नेपालले बर्दियाको मधुवन नगरपालिकाका ६ वटा र गेरुवा गाउँपालिकाका २ वटा गरी ८ वटा माध्यमिक विद्यालयहरुमा नाटक प्रदर्शन गरी सकेको छ । गेरुवा गाउँपालिकामा बाँकी रहेका माध्यमिक विद्यालयमा पनि नाटक प्रदर्शन गरिने परियोजना संयोजक दामोदर रिमालले वताए ।

नाटकमा कलाकारहरु शुसिल सिंह ठकुरी नुवाकोट, शान्ती भट्टराई सिन्धुपाल्चोक, सुरज खडका काठमाण्डौ, दिपमाला परियार हेटौडा र सविना वडालले अभिनय गरेका छन् । नाटकको निर्देशक कलाकार सविना वडालले गरेकी छन् ।

टिपिओ नेपालले बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र मधुवननगरपालिकालाई कार्य क्षेत्र वनाएर मधुवन नगरपालिकामा कार्यालय स्थापना गरी किशोरकीशोरीहरुको मानसिक स्वास्थ्य प्रवद्र्घन गर्ने उद्देश्यका साथ बिगत १.५ वर्ष देखि एक अनुसन्धनात्मक परियोजना संचालन गर्दै आईरहेको छ ।

केन्द्रिय कार्यालय काठमाण्डौको बालुवाटरमा रहेको यस संस्थाले नेपालका बिभिन्न जिल्लाहरुमा मनोसामाजिक सु–स्वास्थ्य तथा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यक्रम, तालिम, अध्ययन अनुसन्धान तथा पैरवीका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
