Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नगरपालिका र सात दल विच सहमतिः राजापुर नगरपालिकामा लगाइएको ताला खुल्यो

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  •  

    बर्दियाको राजापुर नगरपालिकामा शुक्रवार देखि लगाइएको लाला आज खोलिएको छ ।


    ADVERTISEMENT

    images

    राजापुर नगरपालिकाको २०८० असार १३ गतेको निणर्य अनुसार आर्थिक वर्ष ०८०/०८१ का लागि कायम गरेकोे सम्पत्ति तथा भुमि करको दरमा अस्वभाविक वृद्धि गरेको भन्दै सात राजनैतिक दल सहित स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका थिए ।

    राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुको अध्यक्षतामा वसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा आ. व. २०८०/०८१ मा बुझाईसकेको भुमि तथा सम्पत्ति कर कानुनी प्रकृया पुरा गरी नगरसभाको निर्णय वमोजिम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने र नगरपालिका भित्र वस्ने नागरिकको सम्पत्तिको मुल्याङ्कन रकम रु १० लाख सम्म भएमा उक्त नागरिकको सम्पत्ती कर तथा भूमिकर जम्मा ३ सय रुपैयामा नवढ्ने गरि पारित गर्नका लागि नगरसभामा पेश गर्ने लगायतका बुदाँमा सहमति भएपछी आइतवार साँझ ताला खोलिएको नेपाली कांग्रेस राजापुरका नगर सभापति महेश चौधरीले बताए ।

    375702618_666203358781005_271211468547644056_n.jpg

    सर्वदलीय तथा सर्वपक्षीय बैठकमा राजापुर नगरपालिका अन्तरगत सडक छेउमा रहेका जग्गाकोे हकमा जम्मा जग्गाको २०% जग्गा लाई गैर कृषि योग्य र ८० % जग्गा लाई खेतियोग्य जग्गा मानी नगरपालिकाको जग्गा मुल्याङ्कनको आधारमा भूमिकर निर्धारण गर्ने, नगरपालिका क्षेत्र भित्रका जग्गा विशिष्ठीकृत तरीकाले यथासिघ्र विज्ञ टोली वाट गर्ने र उक्त जग्गाको मुल्याङकन समेत वैज्ञानिक तवरले गरि पारित गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्ने समेत सहमती भएको नेकपा एमाले बर्दियाका उपसचिव पहारी थारुले गेरुवा कर्णाली पोष्टलाई बताए ।

    375756213_858233095817016_1463794244949786396_n (1).jpg

    आर्थिक वर्ष ०८०/०८१ का लागि कायम गरेकोे सम्पत्ति, भुमी करको विरुद्धमा ज्ञापनपत्र बुझाउँदै चरणवद्ध आन्दोलनमा उत्रिएका राजनैतिकदल सहित स्थानीयले भाद्र १५ गते १० वटै वडा कार्यालय र १८ गते नगरपालिका घेराउ गर्दै २२ गते नगरपालिकामा तालाबन्दी गरेका थिए । उनिहरुले नगरवासीलाई कर नतिर्न आग्रह समेत गरेका थिए । आन्दोलनमा ऐक्यवद्धता जनाउँदै भाद्र २२ गते राजापुर नगरपालिका भित्रका उद्योगी ब्यापारीहरुले आफ्नो ब्यापार व्यवसाय बन्द गरेका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij