Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विद्यालयको स्तरउन्नतीका लागि राजापुरकाे धोविनपुरमा धनधान्यान्चल ज्ञान महायज्ञ संचालनको तयारी तिब्र

गाउँवस्तीहरुमा भेटघाट कार्यक्रम गरिदैं
  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  • बर्दियाको राजापुर नगरपालिनका ८ नं. वडा स्थित श्री भेरी मा.वि.मा शैक्षिक धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञ संचालनको तयारी तिब्र रुपमा भईरहेको छ ।

    मंसिर १ गतेदेखी संचालन गरिन लागेको महायज्ञको प्रचार प्रसारका लागि विभिन्न गाउँवस्तीहरुमा भेटघाट गर्ने कार्यक्रम भईरहेको मुल समितीले जनाएको छ ।


    ADVERTISEMENT

    images

    प्राबिधीक शिक्षातर्फ ३ बर्षे शिभिल ओभरसियरको कक्षा संचालन तथा विद्यालयको स्तरउन्नतीका लागी महायज्ञ गरिन लागेको महायज्ञका संयोजक चिन्तामणी आचार्यले जानकारी दिनुभयो ।

    शिभिल ओभरसियर कोर्स अध्ययनकालागी लाखौ रुपैया खर्चेर टाढा जानुपर्ने बाध्यतालाई हटाउन महायज्ञ मार्फत आर्थीक संकलन गर्ने उदेश्य रहेको संयोजक चिन्तामणि आचार्यले बताउनुभयो ।

    महायज्ञमा, योग शिवीर,१००८ शालीग्राम पुजन तथा परिक्रमा,दैनिक रुपमा श्रीमद्भागवत पुजन दैनिक रुद्रि पाठ बिभिन्न भाषा भाषीका भजन कृतन तथा झाँकी,श्रीमद्भागवतको दार्शनिक प्रवचन,बालवालीकाहरुकालागी बिहान साँझ बाल सँस्कार,लक्ष्यवर्ती पुजा, ब्रतबन्ध, बिवाह, ग्रह शान्ती तुलादान लगालयतका धार्मिक कार्यहरु गरिने मुल आयोजक समितीले जनाएको छ ।

    महायज्ञमा अन्र्तराष्ट्रिय कथा बाचक भागवत मरमज्ञ श्री पंडित नरेश नेपाल महाराजले प्रबचन गर्ने आयोजकले जनाएको छ । महायज्ञ संचालनकालागी बिभिन्न समिती उपसमिती समेत गठन भई व्यापक रुपमा प्रचारप्रसारमा लागि परेको मुल समितीका महासचिव महादेव चौधरीले बताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij