Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नगरपालिकाले निर्णय नसच्याए सम्म कर नतिर्न नगरवासीलाई चार दलकाे आग्रह

भदौ १५ गते वडा कार्यलय घेराउ , १८ गते नगरपालिका घेराउ गरिने
  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    राजापुर नगरपालिकाले निर्धारण गरेको लगाएको सम्पत्ति तथा अन्य कर बिरुद्व राजापुरका ४ दल एक भएका छन् ।


    ADVERTISEMENT

    images

    जनताको आर्थिक अवस्थाको अवमुल्यन गरी सम्पती कर बृद्धी गरेको भन्दै नेपाली कांग्रेस नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पाटी, र नागरिक उन्मुक्ती पाटीले आज सम्पत्ति तथा अन्य कर नर्तिन राजापुर बासीहरुमा अपिल समेत गरेका छन् ।

    371042064_270854719039466_7753816637635396695_n.jpg

    आज राजापुरमा बसेको ४ दलको संयुक्त बैठकले एक अपिल जारी गर्दै नेपालको संबिधान २०७२ ले जारि गरेको नेपाली नागरिकको सार्वभौमिकता, भौगालिक अखण्डता,राष्ट्रिय एकता, स्वाधिनता, सार्वभौम अधिकार , स्वायत्तता, सर्वसुलभता ,सेवा सुबिधा ,जिवनशैली लगायतका बिषयको ध्यान नपु¥याई २०८० असार १३ गत लगाएको सम्पती एवं अन्य कर अमान्य भन्दै नगरपालिकाले नसच्याए सम्म कर नतिर्न नोपली कांग्रेसका तर्फवाट नगर सभापती महेश कुमार चौधरी, एमाले वाट नगर अध्यक्ष शर्मा चौधरी नागरिक उन्मुक्तीका नगर अध्यक्ष लखन चौधरी , राप्रपा नगर अध्यक्ष केशर थापाले हस्ताक्षर सहित अपिल गरेका छन् ।

    370988771_1040095143675233_464211814110315641_n.jpg

    यस्तै नगरपालिकाले निर्णय नसच्याएमा भदौ १५ गते सवै वडा कार्यलय घेराउ गर्ने, भदौ १८ गते नगरपालिका घेराउ गर्ने र अझै माग सम्वोधन नभएका अर्को चरणका आन्दोलन गर्ने समेत ४ दलिय बैंठकले निर्णय गरेको छ ।

    370791884_285182104233989_6553380736823082331_n.jpg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij