बर्दियाको राजापुरमा डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानका लागि अभिमुखीकरण गरिएको छ । नगरका जनप्रतिनीधी, बर्दिया उद्योग बाणिज्य संघ, बजार प्रतिनीधि, स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंसेबिकाहरु माझ अभिमुखीकरण गरिएको हो ।
राजापुर नगरपालिका वडा नं ४ बजार क्षेत्रका सफापानी भएको ठाउँमा लार्भा खोजिगर्दै नष्ट गरिएको जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले जानकारी दिनुभयो । बिहान झिसमिसे उज्यालो देखी बेलुकी अध्यारो नहुने वेला सम्म जमेको सफापानी, टिनका डव्वा, पिउने पानीका बट्टाहरुमा डेंगी सार्ने लामखुट्टे बस्नेभन्दै सावधानी अपनाउन अधिकृत गिरीले सबैमा आग्रह गर्नुभयो ।
भदौ महिनामा मात्रै बर्दियाको गुलरिया र राजापुर नगरपालिकामा ३–३ जना डेंगुका बिरामी पुष्टी भएको अधिकृत गिरीको भनाई छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै राजापुर नगर पालिकाका नगरप्रमुख दिपेश थारुले पछिल्लो समय डेंगुको प्रकोप बढ्दै गएको भन्दै सचेत रहन सम्पूर्ण नगरवासीहरुलाई आग्रह गर्नुभएको छ । (चुरेकुञ्ज)