Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

युवाहरुले सञ्चालन गरे मधुवनमा नमुना युवा नगरसभा

  • बर्दिया टुडे
  • 6.3K
    SHARES
  •  

    बर्दियाको मधुवन नगरपालिकामा तिन दिने नमूना युवा नगरसभा प्रशिक्षण अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    गेरुवा गाउँपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाकोे समन्वय तथा प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह ( वी ग्रुप) को सहयोगमा नमूना युवा नगरसभा प्रशिक्षण अभ्यास कार्यक्रम सम्पन्न भएको हो

    गाउँ/नगर सभा सम्बन्धी ज्ञान र सञ्चालन, कार्यविधिका प्रमुख प्रक्रिया बारेमा जानकारी दिदै तथा गाउँ/नगर सभा सदस्यहरूको भूमिकाबारे प्रष्ट पार्न तथा स्थानीय तहमा योजना निर्माणका चरणहरू तथा बस्ती स्तरको योजना निर्माण प्रक्रिया र युवाक्लबको भूमिकाबारे सहभागीहरुलाई जागरुक बनाउने उदेश्यले नमूना युवा नगरसभा प्रशिक्षण अभ्यास कार्यक्रम सञ्चालन गरिएको वी ग्रुपका प्राविधिक संयोजक प्रकाश शर्माले जानकारी दिए ।

    371969806_256246264003345_7471098656664378075_n.jpg

    नीति निर्माणमा युवाको सहभागिता र नेतृत्व क्षमताको विकास गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा युवाहरूलाई सामाजिक रूपान्तरणको बाहकको रूपमा अगाडि बढाउन नमूना युवा नगरसभा प्रशिक्षण अभ्यास कार्यक्रम ले सघाउ पु¥याउने संयोजक शर्माले बताए ।
    समापन कार्यक्रममा बोल्दै मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट ले नमुना युवा नगरसभा प्रशिक्षण अभ्यास कार्यक्रमले स्थानीय तहमा युवाका जल्दा बल्दा विविध सवालहरू सम्बद्ध एउटा साझा एजेण्डा पहिचान गर्ने तथा युवा कार्यक्रम तथा योजनाहरुमा समयानुकूल परिवर्तनका लागि बहस चलाउने वातावरणको सिर्जना गर्ने वताए ।

    उनले नमूना युवा नगर सभाबाट आफुले पनि धेरैकुरा सिक्न पाएको वताउँदै प्रशिक्षण अभ्यासमा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सहभागिहरलाई आग्रह गरेका छन् ।

    371847100_874511514307163_7378208790640345707_n.jpg

    कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरी, ९ वटै वडाका वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख र बालविवाह न्यूनीकरण परियोजना ४ पालिकाका सुपरभाइजरहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा गेरुवा गाउँपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिका ४८ जना युवाहरु सहभागी थिए । नमूना नगर सभा प्रशिक्षण अभ्यास कार्यक्रम भाद्र ६ गते गुराँस माध्यमिक विद्यालयमा शुरु भइ ९ गते मधुवन नगरपालिकाको सभा हलमा समापन भएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij