Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

यातायात कार्यालय सदरमुकाम गुलरियामै राख्नुपर्ने नेपाली काँग्रेस बर्दिया सभापति राठौरकाे भनाइ

  • बर्दिया टुडे
  • 736
    SHARES
  •  

    नेपाली काँग्रेस बर्दिया जिल्ला सभापति अरुणप्रकाश सिंह राठौरले यातायात कार्यालय बर्दियामा स्थापना गर्नुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन बर्दियाको आयोजना तथा लुम्बिनी प्रदेस संसद मालती सोडारीको सहकार्यमा नेपाल प्रेस युनियनसँगको साक्षात्कार कार्यक्रममा बोल्दै सभापति राठौरले यातायात कार्यालय तानातानको विषय नभएको बताउनु भयो ।


    ADVERTISEMENT

    images

    सदरमुकाम जिल्लाबासीको साझा थलो भएकाले कार्यालयहरु एकै ठाउँमा राख्दा जनतालाई सहज हुने उहाँको भनाई छ । यातायात कार्यालय बर्दिया सदरमुकाम बाहिर राख्न लागेको भन्ने हल्ला सुनेको छु त्यस्ता विषयमा ब्यक्तीगत तानातान गर्नु हुँदैन । सार्वजनिक काम गर्दा बृहत्तर हितको पक्षमा काम गर्नुपर्नेमा जोडदिनु भयो । लोकतन्त्रको वास्तविकता उजागर गर्न प्रेस युनियनको अहम भूमिका रहेकोले पार्टीले सहयोग एवम् सक्रियताको अपेक्षा गरेको उहाँको भनाई छ ।

    कार्यक्रममा बोल्दै नेतृ सोडारीले यातायात कार्यालय जिल्लाका सबै नागरिकलाई पायक पर्ने ठाउँमा स्थापना गर्नुपर्ने बताउनु भयो । देशैभर जनप्रतिनिधि प्रति गुनासो आउने गरेको प्रष्टाउँदै स्थानिय मिडिया लगायत संचारकर्मीहरुको प्रर्बद्धन गर्न स्थानिय सरकारको दायित्व भएको स्मरण गराउनु भयो । बर्दियाका सबै प्रदेस संसदहरु जिल्लाको विकासका सवालमा एक ढिक्का रहेको उहाँको दावी छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेस कोषाध्यक्ष यमनाथ घिमिरे लगायत सहभागी पत्रकारहरुले पत्रकारिता क्षेत्रको प्रर्बद्धन गर्नुपर्ने माग राखेका थिए ।

    मिडिया र संचारकर्मीको प्रर्बद्धन गर्न जस्तोसुकै अवस्थामा पनि आफू लाग्ने नेतृ सोडारीको प्रतिवद्धता थियो । नेपाल प्रेस युनियन बर्दिया शाखाका अध्यक्ष दीपकलाल श्रेष्ठले संघीयतापछि स्थानिय संचारमाध्यम लगायत संचारकर्मीहरुको अवस्था नाजुकबन्दै गैरहेको बताउनु भयो । पत्रकारको क्षमता अभिबृद्धिसँगै स्थानिय संचारमाध्यमको बिकासको लागि स्थानिय, प्रदेस एवम् संघीय सरकारका प्रतिनिधिहरुले पहल गर्नुपर्ने बताउनु भएको छ । (चुरेकुञ्ज)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij