Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाँसगढी नगरपालिकाका कर्मचारीद्वारा गरेको कलम बन्द फिर्ता

  • बर्दिया टुडे
  • 745
    SHARES
  •  

    बर्दियाको बाँसगढी नगरपालिकाका कर्मचारीहरुले पालिका भित्र शान्ति सुरक्षाको उपयुक्त ब्यवस्था नभएकोभन्दै गरेको कलम बन्द (पेन डाउन) फिर्ता लिएका छन् । कर्मचारीहरुले प्रेस विज्ञप्ती जारीगर्दै अत्यावस्यक स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकाल सम्मका लागि कलम बन्द गरी ठप्प पारेको घोषणा गरेका थिए ।


    ADVERTISEMENT

    images

    बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलले एक प्रेस विज्ञप्ती जारीगर्दै सोमबार नगरपालिकामा भएको घटनाको विरोधगर्दै सम्पूर्ण कर्मचारीबाट जारी भएको अनिश्चितकालिन कलम बन्द राजनैतिक दल तथा नगरवासीहरुको आग्रहमा मंगलबार अपरान्हदेखि फिर्ता गरिएको जानकारी दिए । घटनाको राजनैतिक, रणनीतिक तथा कानूनी रुप्मा उपचार खोज्ने प्रकृया शुरु गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

    बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले राज्यको रकम हिनामिना गरेको जनगुनासो आएपछि अनुसन्धान अनुसार एकजना कर्मचारीबाट १ लाख ३५ हजार रुपैया लिएको प्रमाण फेला परेकोभन्दै सोमबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दियाले बाँसगढी नगरपालिका कार्यालयमा गरेको अपरेशनको भिडियो सहितको स्टाटस सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको थियो । अधिकृत माथी कार्यालयमा अनियमितता गरेको आरोप छ । महिला कर्मचारीहरु प्रति गलत नियतले बोल्ने, पालिकाको सामान खरिदमा चलखेल लगायत आर्थिक, साँस्कृतिक बिचलनका कुरा पार्टीमा आए लगत्तै अधिकृतलाई कुर्सीबाट निकालेर अख्तियारमा बुझाउने शर्तमा प्रहरी प्रशासनमा बुझाईएको उल्लेख गरिएको छ ।

    सेवा प्रवाहका लागि बाँसगढी नगरपालिका कार्यालयमा शान्ति सुरक्षाको उपयुक्त ब्यवस्था नदेखिएकोले निराधार आरोप लगाउने कर्मचारी र उल्लेखित कार्यमा संलग्न पक्ष उपर कारवाही गरी उपयुक्त शान्ति सुरक्षाको ब्यवस्था नहुँदा सम्म हामी कर्मचारीहरु आजका मितिदेखि अत्यावस्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा प्रवाह रोक्दै अनिश्चित कालीन कलम बन्द गर्ने सोमबार प्रकाशित नगरपालिका कार्यालय बाँसगढीका सम्पूर्ण कर्मचारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गर्दै कलम बन्द घोषणा गरिएको थियो । नगरपालिकाका उद्यम बिकास सहजकर्ता समेत मिली निराधार आरोप लगाई हुल हुज्जत गर्ने कार्य भएकोले प्रचलित कानून बमोजिम दण्डनिय खेदजन्य रहेको स्पष्टपार्दै बाँसगढी नगरपालिकाका सम्पूर्ण कर्मचारी घोर भत्र्सना गर्दछौं ।

    घटनाको बिषयलाई बाँसगढी नगरकार्यपालिकाले प्रेस विज्ञप्ती मार्फत प्रमुख प्रशासकिय अधिकृत माथी गरिएको ब्यवहार प्रति गम्भीर ध्यानाकर्षणगर्दै कार्यालयको कामकाजमा चित्त नबुझे कानूनी रुपमा अगाडी बढ्न र बिधिवत रुपमा आफ्ना कुरा राख्न सक्ने अवस्था हुँदाहुँदै दुःखद गतिबिधि भएको जनाएको छ । नगरप्रमुख खडक बहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तीमा पालिकाको बिषयमा फैलिएको अफवाहको पछि नलागी नगरको समृद्धि, सुशासन र बिकासको यात्रामा हातेमालो गर्न नगरवासीलाई अनुरोध गरिएको छ । बाँसगढी नगरपालिकामा भएको घटनाबाट सम्पूर्ण कर्मचारीहरु विचलित नभई उच्च मनोबलका साथ कामकाजमा लाग्न बिज्ञप्ती मार्फत जानकारी गराईएको थियो । सेवा ठप्प हुँदा स्थानियहरु प्रभावित बनेका थिए ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij