बर्दिया राष्ट्रिय निकुञ्जले गेरुवा गाउँपालिका वडा नं. २ टिकुलिगढका राम शंकर चौधरीलाई राहत सामग्री उपलब्ध गराएको छ ।
जंगली हात्तीले घर भत्काएपछि गाँस, बाँसको समस्यामा रहेका चौधरीलाई बर्दिया राष्ट्रिय निकुञ्ज अन्तरगत बन्जरिया रेञ्जपोष्टका रेञ्जर कलाधर गौतम नेतृत्वको टोलिले राहत उपलब्ध गराएको हो ।
गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु, वडा सदस्य पुरन थापा लगायतको रोहवरमा राहत वितरण गरिएको हो ।
भदौ २ गते राती जंगली हात्तीले चौधरीको घर पूर्ण रुपमा क्षति पुर्याएको थियो भने घरभित्र राखिएको अन्नपातमा समेत नष्ट गरेको थियो । पीडित चौधरीको परिवारलाई २ बोरा चामल, दाल, चिनी, चियापत्ती, चिउरा, बिस्कुट, मसला, तेल, कोलगेट, ब्रस, टर्च, त्रिपाल, साबुन निकुञ्जको तर्फबाट तत्काल सहयोग गरिएको छ ।
बन्जरिया रेञ्जपोष्टका रेञ्जर गौतमले यो राहत तत्काल खान बस्नमा कुनै समस्या नहोस भनेर उपलब्ध गराइएको बताउँदै वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० बमोजिम प्राप्त गर्ने राहत पाताभार उपभोक्ता समितिले आवश्यक कागजात पेश गरेपछि प्राप्त हुने गेरुवा अपडेटलाई बताउनुभयो ।
राहत वितरण कार्यक्रममा सहभागि गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष थारुले निकुञ्जले वितरण गरको राहतले पीडित परिवारलाई ठुलो मद्दत गरको बताउनुभयो ।
आफुले पनि पीडित परिवारलाई राहतको लागि पालिकामा समन्वय गरेको बताउँदै वडा अध्यक्ष थारुले जंगली हात्तीको आतंक बढेकोले सबैलाई चनाखो हुन आग्रह गर्नुभयो ।