Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

डल्ला गाउँमा गुरही पर्व मनाइयो

  • बर्दिया टुडे
  • 5.4K
    SHARES
  •  

    बर्दियाको मधुवन नगरपालिका वडा नं. १ सुर्यपटुवामा अवस्थित जैविक मार्ग होमस्टे डल्ला गाउँमा गुरही पर्व मनाइएको छ।
     
    गुरही पर्वसंगै आदिवासी जनजाति थारु समुदायमा यस बर्षको चाडपर्व शुरूवात भएको र चिसो मौसम समेत शुरु हुने मान्यता रहेको छ।
     
    गुरही पर्व मनाउनका लागि थारु समुदायका युवायुवतीहरु आफ्नो साँस्कृतिक पोशाकमा सजिएर गुराहा, गुरही (कपडाका टालोबाट बनेको) खेलौना बनाई गाउँदेखि टाढा खाली चौर वा ठाउँमा मा लगि अस्राउने (विसर्जन) गर्ने गरिन्छ।
     
    आस्राउने (विसर्जन) गर्ने क्रममा युवतीहरुले बनाएका गुराहा र गुरही फाल्दै समुदायमा भएका रोग ब्यधा, दुखकष्ट सबै लैजा र सुख समृद्धि आवस भनी युवतीहरुले फालेपछी गुराहा, गुरही युवाहरुले सोठा ( खरले बनाएको सुठो) ले हानी धुजा धुजा बनाइ पिटेर नष्ट गरि सबै रोग ब्यधा दुखकष्ट नाश हुन्छ भन्ने थारु समुदायमा मुल्य र मान्यता रहेको छ।
     
    369399096_1544922716314863_4544063399237390500_n.jpg
     
    गुराहा गुरही पिटेर नष्ट गरिसकेपछी युवतीहरुले बनाएर ल्याएको घुघरी (केराउका दाना उसिनेर बनाएको) प्रसाद स्वरुप सबै साथीभाईहरुलाई खुवाउने गरेको डल्ला गाउँका अगुवा मंगल थारुले बताउनु भएको हो।
     
    369284958_2032762530404252_2652727535346699178_n.jpg
     
    युगौयुगदेखि चल्दै आएको परम्परा जोगाउन युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्ने आवश्यक रहेको छ।
     
    अहिलेका युवा पुस्ताले हाम्रो परम्परा, पहिचान, संस्कृति, भेषभुषा, बोलीचाली र रिति-रिवाज सबै विर्सिदै गईरहेका छन।
     
    गुरही पर्वले हाम्रो संस्कृति जोगाइ राख्नका लागि नाग पंचमीका दिन हरेक वर्ष गुरही पर्व मनाउदै आएको डल्लाका अशोकराम थारु बताउनु हुन्छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij