राजापुर नगरपालिकाले विभिन्न करका दरहरूमा अति वृद्धि गरेको र जग्गाको मुल्याङ्कन असन्तुलित भएकोभन्दै नेपाली काँग्रेस नगर कार्य समिति राजापुरले विरोध जनाएको छ ।
आईतवार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीलाई ज्ञापन पत्र वुझाउदै गतवर्ष निर्धारण गरिएका करका दरहरु र जग्गा मुल्याङकन कायम गर्न अनुरोध गरिएको छ ।
नगर कार्य समितिका समापति महेश कुमार चौधरी द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपालको संविधानको अनुसुचि ८ को दफा १४ कार्यान्वयन गर्न गराउन पनिअनुरोध गरिएको छ ।
ज्ञापन पत्रमा करका दरहरू र जग्गा मूल्याङन ७ दिन भित्र ससोधन नगरेमा सार्वजनिकरुपमा विरोधका कार्यक्रमहरु गर्ने उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ -'नेपालको संविधान २०७२ ले आम नेपाली नागरिकहरुको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसाथ गर्दै नागरिको सर्वाङ्गिण विकास, सर्व सुलभता, सेवा सुविधा, हरेक क्षेत्रमा जनताको सहज पहुँचको लागि स्थापना भएको - स्थानीय सरकार जनताको भावना, जीवनसैली, रहन सहन, पिरमार्का, आयव्ययलाई ध्यान नपुऱ्याई एकतन्त्र, मनोमानीरुपले कुनै आधार नबनाई, जनताको अहीत हुनेगरी यस राजापुर नगरपालिकाले मिति २०८०/०३/०९ गतेको नगर सभाको बैठकबाट निर्णय गरी कार्यान्वयन गरेको निर्णयमा विभिन्न करका दरहरु धेरैनै वृद्धि गरेको, साथै प्रत्येक वडाहरुमा जग्गाको मूल्याङ्कन असन्तुलितरुपले गरेको बारेमा व्यापक जन गुनासो आएको हुँनाले राजापुर नगरपालिका गत वर्षहरुका नगर सभाको निर्णय अनुसार भएका करका दरहरु तथा जग्गाको मूल्याङ्गन कायम गर्नु हुन अनुरोध गर्दछौं । साथै नेपालको संविधानको अनुसुचि ८ को दफा १४ को बारेमा कार्यान्वयन गर्न गराउन अनुरोध गर्दछौं ।
अतः उक्त विषयहरु ७ (सात) दिन भित्र संशोधन नगरे सार्वजनिकरुपमा विरोधका कार्यक्रमहरु गर्ने व्यहोरा जानकारी गराउदछौं ।'